2026-09-19 04:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बोबाङमा स्थानिय गाउँपालिका बनाउनुपर्ने माग

कृष्ण कँडेल/कात्तिक २४, बागलुङ । बोबाङका राजनैतिक दलको अगुवाईमा अधिकारीचौर र निसीलाई मिलाएर गाउँ पालिका बनाउनुपर्ने पहल सुरु भएको छ ।

तिनओटै गाविसको सर्वदलय बैठक गरि गाउँपालिका बनाउने निर्णय भएको नेकपा एमाले क्षेत्रीय सदस्य बोबाङका हरि घर्तीले जानकारी दिनुभयो । निसीका माओवादी प्रतिनिधि प्रेम घर्ती र एमालेका भुमिराज घर्तीको भने सहमती नरहेको हरि घर्तीको भनाई छ । घर्तीले  निसीमा पनि अरु अगुवाहरुको सहमती रहको दावि गर्नुभएको छ । तर निसीले निसीखोला गाउँपालिका बनाउन सर्वदलिय निर्णय नै गरेर बोहरागाउँ, देविस्थान र राजकुतलाई समेट्ने गरि आफ्नो पहल अगाडी बढाईरहेको छ । 

एमाले बोबाङका हरि घर्तीले बाबाङ गाविसका सवैदल सहमत भएको र अधिकारीचौरका राजनैतिक दल पनि ३ ओटा गाविस समेटेर गाउँपालिका बनाउन सकारात्मक रहेको दावि गर्नुभएको छ । घर्तीले भौगोलि रुपमा विकट गाउँका नागरिकलाई सेवा प्रवाहमा सजिलो बनाउनकै लागि संघियता र स्थानिय निकाय पुनसंरचना गरिने हुँदा जुनसुकै अवस्थामा तिन गाविसको गाउँपालिका बनाएरै छोड्ने बताउनुभएको छ । बोबाङका राजनैतिकदलको टोली आज जिल्ला प्रविधिक समिति र राजनैतिक दलको जिल्ला नेतृत्वसँग डेलिकेशन जाँदैछ । घर्तीले डेलिकेशनकै लागि अहिले आफुहरु जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको बताउनुभयो । 

जिल्ला कात्तिक १९ गतेकोको प्रश्तावमा जिल्ला प्रविधिक समितिले बोबाङ र अधिकारीचौर गाविसलाई बुर्तिबाङतिर राखेको छ । यता निसी गाविससँग बोहरागाउँ र देविस्थानलार्य पनि समेटेर निसीखोला गाउँपालिका बनाउने प्रश्ताव गरेको छ । डेलिकेशनका लागि बागलुङ रहनुभएका घर्तीले आफ्नो मागको सुनुवाई नभए जिल्लामा दवाव दिनका लागि कडा संघर्षका कार्यक्रममा जाने प्रतिक्रिया दिनुभएको छ । 

नेपाली काँग्रेश अधिकारीचौरका सभापती चन्द्रकुमार गौतमले पार्टिको गाउँ कार्यसमितिले नगरपालिका बनेपनि गाउँपालिका बनेपछि बुर्तिबाङ केन्द्र हुने स्थानिय नियकायमा जाने निर्णय गरेको बताउनुभयो ।   

नेकपा एमालेका जिल्ला सचिवालय सदस्य अधिकारीचौरका दलबहादुर घर्तीले जनसंख्या सहित अरु मापदण्ड मिले बोबाङ सहित गाउँपालिका बनाउन सकिने भन्दै नपुगे बुर्तिबाङमै जाने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका नरबहादुर विकले बुर्तिबाङ नै उपयुक्त भएको बताउनुभयो । गाउँपार्टिमा छलफल हुन भने बाँकी रहको उहाँको भनाई छ । 

राष्ट्रिय जनमोर्चाका टेकबहादुर कुँवरले बोबाङ र अधिकारीचौरको जनसंख्या नपुग्ने भएकाले निसी सहमत भएको अवस्थामा बोबाङमा केन्द्र भए गाउँपालिका बनाउन सकिने भएपनि त्यसो नभए बुर्तिबाङ नै उपयुक्त भएको बताउनुभयो । 

बुर्तिबाङका राजनैतिक दलले भने बुर्तिबाङ केन्द्रहुने गरि प्रश्ताव गरिएको बोबाङ, अधिकारीचौर, राजकुत, दर्लिङ र भिमगिठे समावेश भएको गाउँपालिकालाई नगरपालिका बनाउन दवाव दिँदै आएका छन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई