2026-09-19 04:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा आफैँले रकम उठाएर एक्सरे किन्दै स्वास्थ्यकर्मी

कात्तिक २४, जाजरकोट । यहाँको इलाका स्तरको स्वास्थ्य केन्द्रमा सरकारले उपकरण नदिएको भन्दै स्वास्थ्यकर्मीले आफ्नो तलब हालेर उपकरण खरिद गर्ने अभियानमा जुटेका छन् । 

जिल्लाको खगेनकोट–१ दल्लीमा रहेको स्वास्थ्य केन्द्रका कर्मचारीले सरकारबाट एक्सरे, सौर्य प्रणाली नपाएपछि आफैँ रकम उठाएर खरिद गर्ने अभियानमा जुटेको बताएका हुन् । यहाँको पूर्वी क्षेत्रका नौ गाविसको केन्द्रबिन्दुका रुपमा रहेको दल्लीस्थित स्वास्थ्यचौकीमा लामो समयदेखि अक्सिजन दिने मेसिन चलाउने, नेबुलाइजर चलाउने मेसिन विद्युत् अभावका कारण थन्किएपछि रकम उठाएर सोलार र एक्सरे मेसिन खरिद गर्न अभियान थालिएको हो । 

स्वास्थ्य केन्द्रको आन्तरिक खातामा रु दुई लाखभन्दा बढी रकम रहेको र अन्य बाँकी रकम तलबबाट कटाएर मेसिन खरिद गरिने अहेव राजेश सिंहले बताउनुभयो । दैनिक ५० भन्दा बढी विभिन्न प्रकृतिका बिरामी आए पनि औषधिबाहेक अरु उपकरणबाट गरिने उपचार भएमा अन्यत्र पठाउनु परेको सिंहले बताउनुभयो । ल्याव चलाउन, अक्सिजन मेसिनलगायतका मेसिन चलाउनसमेत विद्युत्को अभाव हुँदा भएका सामान समेत प्रयोग गर्न नपाएको सिंहको भनाइ छ । 

नौ गाविसका बिरामी यहाँ जाँच गर्न आउने गर्दछन् । स्वास्थ्यकर्मीको सङ्ख्या पर्याप्त भए पनि उपकरण नहुँदा उपचारमा कठिनाइ रहेको सिंहले बताउनुभयो । एक्सरे गर्नकै लागि बिरामीलाई दुई दिनभन्दा बढी हिँडाएर रुकुमको चौरजहारीस्थित अस्पतालमा पठाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई