२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ढोरपाटन सिकार आरक्षमा अन्तिम टोलीले सिकार गर्दै

२०७३, २४ कार्तिक बुधबार १५:३३

विमल खड्का, कात्तिक २४, बागलुङ । नेपालको एकमात्र बैधानिक सिकार आरक्ष क्षेत्र ढोरपाटन सिकार आरक्षमा यस वर्षको अन्तिम सिकारी टोली सिकारका लागि ढोरपाटन पुगेको छ । 

यस वर्षका लागि राष्ट्रिय वन्य जन्तु संरक्षरक्षण विभागले यस वर्षको पहिलो सिकार सिजनका लागि नाउर र झारल गरि १३ जनावरको सिकार स्वीकृती दिएको थियो । यस वर्षको सिकार सिजन कार्तिक महिनाको पहिलो हप्ताबाट सुरुभएको र मंसिरको पहिलोसाता सम्म चल्ने सिकार आरक्षका प्रमुख अणनाथ वरालले बताउनुभयो । 

वरालका अनुसार यस वर्षको अन्तिम सिकारी टोली अहिले ढोरपाटन पुगेको छ । ग्लोवल सफारीले लिएर गएको २ जना रसियन नागरिक सिकारका लागि त्यहाँ पुगेको भनाई छ । उनीहरुले आगामी मंसिर ७ गतेसम्ममा २ वटा नाउर र २ वटा झारलको सिकार गर्नेछन् । यससँगै सिकार आरक्षमा उनीहरु नै अन्तिम सिकारी टोली रहने बताइएको छ । 

यस वर्षको सिकारका लागि हिमालयन सफारीको टोलीले ४ जना सिकारी टोली लगेको छ । जस्ले २ झारल र २ नाउरको सिकार गरेको छ । यस्तै नेपाल वाईल्ड लाईफले २ वटा नाउरको सिकार गरेको छ । यता ट्रयाक्स एण्ड ट्रेल्सबाट केही दिन अघिमात्र एक जना स्पेनिस नागरिकलाई त्यहाँ पु¥याएर १ नाउरको सिकार गराइएको क्म्पनीका फिल्ड म्यानेजर दीपक थापाले बताउनुभएको छ । 

थापाका अनुसार, कम्पनीले अरु २ नाउर र २ झारलको सिकार गराउन टेन्डर पाएको भएपनि रसियाबाट आउने विशिष्ट व्यत्तित्वहरु त्यहाँको सरकारी बैठकमा बस्नु पर्ने कारण सिकारका लागि नआएपछि स्थगन भएको भनाई छ । यससँगै यस सिजनका लागि ढोरपाटन सिकार आरक्षमा १३ बन्यजन्तु मध्ये ९ वटाको मात्र सिकार भएको छ । 

अघिल्लो वर्षको यस सिजनमा १३ वटै जनावरको सिकार भएको र राजश्व समेत बढी संकलन भएको थियो तर यस पटकभने अत्यन्त कम राजश्व संकलन भएको सिकार आरक्षका प्रमुख बरालले बताउनुभएको छ । 

बरालका अनुसार अघिल्लो वर्षको टेन्डरमा एक जनावरको ९ लाख देखि ९ लाख ५० हजारसम्ममा टेन्डर भएकोमा यस वर्ष बढीमा १ लाख ५० हजारसम्मको टेन्डर भएको बताइएको छ । वरालका अनुसार यस वर्ष २८ हजारमात्र राजश्व संकलन भएको छ । अघल्लो वर्षका बढी बढाउमा धेरैले टेन्डर गर्दा बढी राजश्व संकलन भएको हो भने यस वर्ष टेन्डर हाल्ने मान्छे नै नभएका कारण कम मुल्यमा टेन्डर हुँदा राजश्व कम उठेको बरालले बताउनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह