2026-09-19 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विराटनगरमा दुई सय ५० भन्दा बढी क्लिनिक बिनादर्ता सञ्चालन

कात्तिक २५, मोरङ । विराटनगरमा दुई सय ५० भन्दा बढी क्लिनिक बिनादर्ता सञ्चालन भइरहेका छन् । 

दुई सय ५० भन्दा बढी क्लिनिकमध्ये १७ वटा मात्र क्लिनिक दर्ता भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ । बहुसङ्ख्यक क्लिनिक बिनादर्ता र गैरकानुनीरुपमा सञ्चालन भएका जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रशासकीय अधिकृत हरिबहादुर खत्री स्वीकार गर्नुहुन्छ । 

स्वास्थ्य निर्देशिका, २०७० अनुसार सबै क्लिनिक तथा अस्पताल दर्ता गर्नुपर्ने प्रावधान छ । सो निर्देशिकाबमोजिम अस्पतालले अटेर गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रशासकीय अधिकृत खत्रीले भन्नुभयो, “कारबाही भने गर्न सकिन्छ तर त्यही अनुसारको प्रभावकारी कानुन बनाइनुपर्ने हुन्छ ।” उहाँका अनुसार उपभोक्ताको भन्दा पनि प्रतिस्पर्धाका आधारमा बजार मूल्य निर्धारण गरिएको बताउनुहुन्छ । 

मोरङमा दुई सरकारी र ३६ वटा निजी क्षेत्रका अस्पताल सञ्चालनमा छन् । ३६ मध्ये केही मात्र विराटनगरबाहिर भएपनि बहुसङ्ख्यक विराटनगरभित्रै छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई