ललित बोहरा /कार्तिक २५ डडेल्धुरा । डडेल्धुराको ठुलो जाँत (मेला) मध्येको वडाल जाँतको मेला हजारौ भक्तजनहरुले दर्शनगरि मेला सम्पन्न भएको छ । हरेक वर्ष कार्तिक ठुली दशमीका दिन यो मेला लाग्ने गर्दछ । सुक्ल नवमीका राति  पुजा गरि, जागा्रम वसेर दोस्रो दिन विहान देख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा /कार्तिक २५ डडेल्धुरा । डडेल्धुराको ठुलो जाँत (मेला) मध्येको वडाल जाँतको मेला हजारौ भक्तजनहरुले दर्शनगरि मेला सम्पन्न भएको छ । हरेक वर्ष कार्तिक ठुली दशमीका दिन यो मेला लाग्ने गर्दछ । सुक्ल नवमीका राति  पुजा गरि, जागा्रम वसेर दोस्रो दिन विहान देख"/>
2026-07-08 02:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको ठुलो जाँत वडाल जाँतको मेला भब्य रुपमा सम्पन्न, हजारौ भक्तजनद्धारा अवलोकन

ललित बोहरा /कार्तिक २५ डडेल्धुरा । डडेल्धुराको ठुलो जाँत (मेला) मध्येको वडाल जाँतको मेला हजारौ भक्तजनहरुले दर्शनगरि मेला सम्पन्न भएको छ । हरेक वर्ष कार्तिक ठुली दशमीका दिन यो मेला लाग्ने गर्दछ । सुक्ल नवमीका राति  पुजा गरि, जागा्रम वसेर दोस्रो दिन विहान देखि लाटागन्याप देवताको दर्शन गरे मनोकामना पुरा हुने भन्ने जनविश्वास रहिआएको छ । सुदूरपश्चिमकै सबै भन्दा वढी दाईन दमाउ र भोक्कर वजाउने मेलाका रुपमा समेत यो मेला प्रशिद्ध रहेकोछ । मेला भर्न डडेल्धुराका विभिन्न क्षेत्र, डोटी, बैतडी र भारतको उत्तराञ्चल प्रदेशवाट समेत भक्तजनहरु मेला भर्न आएको मेला व्यस्थापन समितिका अध्यक्ष चन्द्र वहादुर देउवाले बताउनु भयो । अरु बर्षको तुलनामा यस बर्ष बन्द हडताल तथा मेला लाग्ने स्थान सम्म गाडी पुगेकाले दर्शनाथीहरुको संख्या उल्लेख्य रहेको समितिका अध्यक्ष देउवाले वताउनु भयो । यस मेलामा स्थानियहरुको उत्पाद अहिले पनि साटासाट हुने गर्दछ । स्थानिय कृषहरुको उत्पादन भिमरो, रंञा, प्याजका विरुवा, विभिन्न दाल, मनानि पाथन, हलो जुवा लगायतका वस्तुहरु समेत मेलामा विक्रि गर्न राखिएको समेत मेला व्यवस्थापन समितिले जनाएको छ । सुदूरपश्चिमका विभिन्न क्षेत्रमा तिहरा लगत्तै हरेक दिन मेला लाग्ने गर्दछन् । यस्तै चतुदर्शिका राति डडेल्धुराको महाभारत क्षेत्रमा पर्ने धुरामा रहेको भागेश्वर मन्दिरमा कार्तिक २७ गते राती भव्य मेला लाग्ने मेला व्यवस्थापन समितिले जनाएको छ ।

    भागेशवर मन्दिरमा पुजा आराधान गरे निसन्तानले सन्तान पाउने जनविश्वास रहेको छ । विभिन्न समयमा निसन्तानहरुले सन्तापाएका उदाहरण रहेको पुजारी चन्द्रप्रशाद जैशीेले बताउनु भयो । यसै गरि यसवर्ष यस क्षेत्रकै सबै भन्दा ठुलो उग्रतारा भगवतीको मेला कर्तिक २८ गते रतेडी र २९ गते दिउसेडी मेला लाग्ने उग्रतारा क्षेत्र विकास समिति अध्यक्ष तेज वहादुर साकीले वताउनु भयो । योमेला कार्तिक शुक्ल पूर्णीमाको रातमा रतेडी र दोसा्रे दिन दिउसेडी लाग्ने मेलाको तयारी तिव्ररुपमा भईरहेको उग्रतारा क्षेत्र विकास समिति अध्यक्ष तेज वहादुर साकीले वताउनु भयो । मेलाको दुई दिन उग्रतारा क्षेत्रको दुई किलो मिटर क्षेत्रमा मदिरा निशेधित क्षेत्र समेत कायम गरिएको छ । मेलालाई व्यवस्थीत गर्न वाक्लो सुरक्षा व्यवस्था गरिने सुरक्षा समितिले जनाएको छ ।

    यसै गरि बैतडीको रणशैनीको नामले परिचित त्रिपुरासुन्दरी भगवती मन्दिरमा कार्तिक शुक्ल सप्तमीबाट शुरु भएको मेला मंगलबार बलिसहित बिशेष पूजा गरेर सम्पन्न भएको हो । माता रणशैनीको नामले परिचित त्रिपुरासुन्दरी भगवती मन्दिरमा मंगलबार ८० रांगा र २०० बढी बोकाको बलि दिइएको छ । मेलामा नेपालका साथै सीमावर्ती भारतको पिथौरागढ जिल्लाबाट हजारौं दर्शनार्थीहरुले दर्शन गरेका छन् । त्रिपुरासुन्दरीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । मेलालाई मर्यादित बनाउनका लागि मेला व्यवस्थापन समितिले मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको थियो । त्रिपुरासुन्दरी भगवतीको मेला शान्तपूर्ण रुपमा सम्पन्न भएको मेला व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर चन्दले जानकारी दिनुभयो 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली