2026-07-08 02:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको गढवामा पनि अक्टोबर क्रान्ति सतबार्षिकीको उद्घाटन

सन्तोषकुमार गुप्ता, कार्तिक २५, देउखुरी । राष्ट्रिय जनमोर्चाको पूर्व घोषित कार्यक्रम अन्र्तगत बिहिबार देउखुरीको गढवामा स्थानिय स्तरमा अक्टोबर क्रान्ति सतबार्यिाकीको उद्घाटन गरिएको छ । राष्ट्रिय जनमोर्चा एरिया नम्बर १ का अध्यक्ष गुणनिधि शर्माको अध्यक्षता तथा अखिल नेपाल किसान संघ केन्द्रिय समितिका सदस्य प्रेमनारायण आचार्यकोे प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले समाजबादी राज्य स्थापनाका लागि अक्टोबर क्रान्तिको सान्दर्भिकता अहिले पनि झनै बढेर गएको बताएका छन् । उनीहरुले रुसको तत्कालिन जार शाहीको बिरुद्ध सन् १९१७ मा बोल्सेबिक पार्टीको नेतृत्वमा भएको ऐतिहासिक अक्टोबर क्रान्ति सफल भएको दिनको स्मरण गदै अहिले पनि विश्वका क्रान्तिकारी पार्टीहरुले आत्मासाथ गदै नयाँ अक्टोबर क्रान्तिका लागि घनिभुत रुपमा लाग्न पर्नेमा पनि जोड दिएका छन् । 

      “अक्टोबर क्रान्तिको झण्डालाई उचा राख्न, नयाँ पिढीबाट हजारौँ क्रान्तिकारीहरु भर्ना गरौँ” भन्ने मुल नाराका शुरु अभियानको उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले समाजबादी आन्दोलनलाई बलियो बनाउन नयाँ पिढीबाट हजारौँ क्रान्तिकारीहरुलाई भर्ना गरी संगठित गर्नु पर्नेमा बताएका छन् । नयाँ प्रकारको अक्टोबर क्रान्ति सम्पन्न गर्न सम्पूर्ण बामपन्थी क्रान्तिकारीहरु एक ढिक्का हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले समाजबादी राज्य सत्ताले मात्र गरिब निमुखा तथा सर्वहारा बर्गको उत्थान हुने बताए । जसका लागि सबै जनताहरुलाई अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका बिषयमा घरदैलोमै गई प्रशिक्षात्मक कार्यक्रम सञ्चालन गर्न नेता तथा कार्यकर्ता सबै जना घनभुत रुपमा लाग्नु पर्ने समेत बताएका छन् ।

       राजमो गढवाका सचिव खुमानन्द पोख्रेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष रेशम बिसी, राजमो एरिया नं. १ का इन्चार्ज महेश रिजाल, अखिल नेपाल शिक्षक संघका केन्द्रिय सदस्य कपिलदेव खनाल र राजमो गढवाका अध्यक्ष दिनमणी आचार्य लगायतले अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका बिषयमा सबै जनताहरुलाई जानकारी गराउनु पर्ने बताएका थिए । कार्यक्रममा कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले जनबादी गीत तथा नृत्य समेत प्रस्तुत गरेको थिए भने कार्यक्रमको सञ्चालन  राजमो एरिया नं. १ का सचिव टुकमान कँवरले गरेका थिए ।

     तत्कालिन जारशाही सरकारको बिरुद्ध रुसमा लेनिनले चलाएको अक्टुवर क्रान्तिको एक सय बर्ष पुरा भएको स्मरणमा राष्ट्रिय जनमोर्चाले देशैभरी नै सतबार्षिकी कार्यक्रम सञ्चालन गरिरहेको छ । २५ अब्टुवर १९९७ मा सुरु भएको अक्टुवर क्रान्तिको एक सय बर्ष पुगेको उपलक्ष्यमा गत कार्तिक २२ गते देखि देशैभरी यो कार्यक्रम उद्घाटन गरिएको जिल्ला अध्यक्ष रेशम बिसीले जानकारी दिए । त्यसैगरी राजमो दाङको पुर्व घोषित कार्यक्रम अन्र्तगत कार्तिक २६ गते शुक्रबार देउखुरीको भालुवाङमा पनि स्थानिय स्तरमा अक्टोबर क्रान्ति सतबार्यिाकीको उद्घाटन गरिने भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली