2026-07-08 02:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका करिब १६ हजार घरधुरीमा सुधारिएको चुलो

कात्तिक २६, रोल्पा । सन् २०१७ भित्र जिल्लालाई घरभित्रको धुवाँमुक्त घोषणा गर्ने जिल्ला परिषद्ले निर्णय गरेको भएपनि जिल्लामा सुधारिएको चुलो जडान कार्यले तीव्रता पाउन सकेको छैन । 

जम्मा ४२ हजार घरधुरी रहेको रोल्पामा हालसम्म १५ हजार आठ सय ७५ घरधुरीमा मात्र सुधारिएको चुलो जडान गरिएको सुधारिएको चुलो प्राविधिक दलबहादुर पुनमगरले जानकारी दिनुभयो । 

धुवाँका कारण लाग्ने रोगमा कमी, वन फँडानी नियन्त्रणजस्ता प्रत्यक्ष फाइदाका अलावा पर्यावरणमा समेत सहयोग गरिरहेको भएपनि सुधारिएको चुलो स्थानीय सरकार र सरोकारवालाको प्राथमिकतामा नपरेका कारण तोकिएको समयमा जिल्लालाई धुवाँमुक्त गर्नेमा आफूलाई शङ्का लागेको गैरसरकारी संस्था महासङ्घ रोल्पाका अध्यक्ष कर्ण वाँठामगरले बताउनुभयो । 

जिल्लामा सुधारिएको चुलो निर्माण गर्नसक्ने करिब तीनसय तालिम प्राप्त प्राविधिक जनशक्तिसमेत रहेका कारण उनीहरुको परिचालन गर्ने हो भने एक वर्षमै जिल्लालाई धुवाँमुक्त बनाउन सकिने सुधारिएको चुलो अभियन्ता खुसीराम केसीले बताउनुभयो । 

जिल्लामा हाल पाङ, ह्वामा, नुवागाउँ, गैरीगाउँ र झेनाम गाविस धुवाँमुक्त गाविस घोषित भइसकेका छन् भने आधा दर्जन गाविस घोषणाको अन्तिम तयारीमा रहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली