2026-09-19 03:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा १५ स्थानीय तह माग

कातिक २७, भद्रपुर। नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र ) र राप्रपा नेपाल सहित ११ राजनीतिक दलले झापा जिल्लामा १५ स्थानीय तह हुनुपर्ने मागसहित शुक्रबार स्थानीय विकास अधिकारी खेमराज ओझालाई ज्ञापनपत्र बुझाएका छन् । 

स्थानीय तह पुनःसंरचना आयोगले देशभरिमा ५६५ बाट ७४४ स्थानीय तह हुने पछिल्लो निर्णयअनुसार झापामा १६ वटा स्थानीय तह माग भइरहेका अवस्थामा ती राजनीतिक दलको सहमति एवम् प्रयासमा १५ वटा स्थानीय तह कायम हुँदा झापाको भूगोल सुहाउँदो, विपन्न, पिछडावर्ग, लोपोन्मुख जाति, जनसङ्ख्या, जातिक, भाषिक, सांस्कृतिक र ऐतिहासिक दुष्टिकोणले पनि राम्रो हुने ज्ञापनपत्रमा उल्लेख छ । 

दमक नगरपालिकालाई उपमहानगरपालिकामा परिणत गर्नुपर्ने माग ती दलको छ । राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी एवम् स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिबीच सहमति गर्नुपर्ने भएकाले छलफलमा आउन समितिका संयोजक खेमराज ओझाले आग्रह गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई