2026-07-07 02:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा ग्याँस कालोबजारी गर्ने एक व्यापारी पक्राउ

प्रज्वल पौडेल ।कार्तिक २७,रामेछाप । 

रामेछाप जिल्लामा एल पी ग्यासको प्रचलित मूल्य भन्दा बढि लिएर बिक्रि गर्ने एक व्यापारी पक्राउ परेका छन् ।  रामेछाप नगरपालिका वडा नं. ५ रामेछाप डाँडा स्थित योञ्जन ग्यास स्टोर्स एण्ड सप्लायर्सका सन्चालक अमित कुमार तामाङगलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले खाना पकाउने एल पी ग्यास उद्योग बाणिज्य संघ मन्थलीले उपलब्घ गराएको प्रचलित मुल्य रु १५२५ मा ग्यास बिक्री बितरण गर्नु पर्नेमा रु १७५० मा बिक्री बितरण गरि रहेको उजुरी परेपछि  बिक्रि गरेको बिल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।तामाङगलाइ कालोबजार तथा केही अन्य सार्वजनिक अपराध तथा सजाय ऐन २०३२ अनुसार कारवाहीका लागी जिल्ला प्रशासन कार्यालय रामेछाप बाट दिन ७ म्याद थप गरि कारवाहि बढाईएको प्रहरी निरिक्षक प्रेम जोशीले जानकारी दिनुभयो ।

यसैवीच  मझुवामा मादक पदार्थ रक्सी सेवन गरि जथाभावि सवारी चलाई हिडीरहेका २ जना टिपर चालकलाइ प्रहरीले बिहिबार पक्राउ गरेको छ । मन्थलिबाट गाल्पा तर्फ सडकको ग्राबेल माटो बोकी जादै गरेको बा. २ ख ८५७८ नम्बरको टिपर काभ्रे जिल्लाका कुबेर बोलखे र सिन्धुपाल्चोक जिल्लाका कुमार बि.क ले चलाएको बा. २ ख ६८७८ को टिपरका चालकलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय चोप्रङको चेकिङ टोलीले फेला पार्दा निज प्रहरीहरु माथि समेत अभद्र व्यवहार गरेकोले दुवै जना चालकहरुलाई सवारी सहित पक्राउ गरि केही सार्वजनिक अपराध तथा सजाय ऐन बमोजि जिल्ला प्रशासन कार्यालय रामेछाप बाट दिन १० म्याद थप गरि कार्वाहीको लागी हिरासतमा राखीएको प्रहरी निरिक्षक प्रेम जोशीले जानकारी दिनुभयो ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने