कात्तिक २७, पर्वत । संञ्जिविनी बहुउदेश्यीय सहकारी संस्था लिमिडेटले सहाराकर्मी सहित एक दर्जनलाई सम्मान गरेको छ । 

संस्थाले आफ्नो आठौ साधरण सभा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २७, पर्वत । संञ्जिविनी बहुउदेश्यीय सहकारी संस्था लिमिडेटले सहाराकर्मी सहित एक दर्जनलाई सम्मान गरेको छ । 

संस्थाले आफ्नो आठौ साधरण सभा"/>

2026-09-20 01:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सहाराकर्मी सहित एक दर्जन सम्मानीत


कात्तिक २७, पर्वत । संञ्जिविनी बहुउदेश्यीय सहकारी संस्था लिमिडेटले सहाराकर्मी सहित एक दर्जनलाई सम्मान गरेको छ । 

संस्थाले आफ्नो आठौ साधरण सभाको अबसरपारि सहाराकर्मी महेन्द्र केसि सहित एक दर्जनलाई सम्मान गरेको हो । सूचना प्रवाह गरी सहकारीको प्रर्वद्धन र विकासको लागि टेवा पु¥र्याएको भन्दै सहारान्यूज दैनिकका सहसम्पादक तथा प्रेस सेन्टर नेपाल पर्वतका सचिव महेन्द्र केसी, रेडियो शालिग्रामका स्टेशन म्यानेजर तथा मोदीकाली साप्ताहिका प्रधानसम्पादक ओमप्रसाद घायललाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । 

त्यस्तै सहकारीले चार जना जेष्ठ नागरिकलाई समेत सम्मान गरेको छ । सम्मानीत हुनेमा  विष्णु कुमारी खत्री, जय बहादुर क्षेत्री, डिलबहादुृर हमाल र थम कुमारी चपागाई रहेका छन् । 

शिक्षा क्षेत्रमा कैलाश तिमिल्सीना र रोजिना पौडेललाई सहकारीले सम्मानीत गरेको छ । त्यस्तै  सहकारीले उत्कृष्ठ बचतकर्ताका रुपमा चार जनालाई सम्मान गरेको छ । सम्मानीत हुनेमा नममाया पुन, शान्ति क्षेत्री, हेम कुमारी क्षेत्री ( विष्णु), र सम्झना विकलाई सम्मान गरेको हो ।

उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष हरिओम शर्मा लामिछानेको  आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्दै लामिछानेले सहकारी नाफामुखी नभई सेवामुखि हुनुपर्नेमा जोड दिए । 

उनले सहकारी संस्था पछिल्लो समयमा जिल्लामा बढ्दो मात्रमा रहेको र सहकारीले सही व्यवस्थान गर्न नसकेका कारण बचत कर्ता लगानी गर्नमा ससंकित हुने गरेको अबस्था देख्रिएको भन्दै सहकारीले पातिचौर क्षेत्रमा नमूनाका रुपमा आफ्ना काम अगाडि बढाएको भन्दै खुसि व्यक्त गरे । 

उनले पातिचौर क्षेत्रमा सहकारीले गरेको सेवा प्रवाहका कारण सहकारीको उचाई माथि पुगेको बताउँदै आफु पनि सहकारी र उद्योग क्षेत्रमा लगानी बढाउन जोड दिए । 

लामिछानेले पातिचौर क्षेत्रमा उवासंघको उपशाखा खोल्नको लागि आफुले योजना बनाएको र यसमा स्थानीय व्यवसायी एकिकृत हुनुपर्नेमा जोड दिए ।

 संस्थाका  अध्यक्ष सागर जिसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शेयर सदस्य नममाया पुनले स्वागत मन्तव्य राखेकी थिइन । 

कार्यक्रममा नेपाल टेलकम बाग्लुङका यज्ञप्रसाद आचार्य, राष्ट्रिय सहकारी बैकका सुरेश खनाल, मित्रप्रसाद तिमिल्सीना, हरिप्रसाद शर्मा, भोला तिमिल्सीना लगाएतले बोलेका थिए । 

सोही अबसरमा संस्थाले अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरेको थियो । वि.सं २०६६ सालमा पातिचौरमा २७ जना शेयर सदस्यबाट २७ हजारबाट सेवा प्रवाह शुरु गरेको संस्थामा अहिले १ सय ७३ जना शेयर सदस्य पुगेका छन् भने यस बर्ष  ५५ लाख १७ हजार ३ सयको कारोबार गरिरहेको छ । आव ०७३।७४ को पहिला पाँच महिनामा ३ लाख ९७ हजार ९४ रुपैयाँ थप गरेको छ । संस्थाले मुनाफा रकम समेत वितरण गरको छ । 

शेयर सदस्यहरुलाई २० प्रतिशतका दरले झण्डै १० लाख ५४ हजार ७ सय ८० रुपैयाँ बोनस रकम वितरण गरेको छ । संस्थाको आम्दानी १३ लाख ५८ हजार ३० रुपैयाँ रहेको छ । संस्थाले  साधरणसभा सम्ममा १ करोड ३४ लाख २२ हजार कुल लगानी गरेको छ भने ७५ लाख ६८ हजार ३ सय ९२ असुल उपर गर्न बाँकी रहेको जनाएको छ । 

पसिनाको कमाइ एक एक सिक्का साँवा र व्याज एक ढिक्का भन्ने मुल उदेश्यका साथ संचालन भएको संस्थाले पातिचौर क्षेत्रमा शिक्षा, स्वास्थ्य, संचार लगायतका क्षेत्रमा समेत नविनतम् काम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो