2026-09-19 08:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक बर्ष अघिदेखि बेपत्ता अल्ट्रालाइट भेटियो

कात्तिक २८, पोखरा । एक बर्ष अघिदेखि बेपत्ता भएको पोखरा अल्ट्रालाइट कम्पनिको अल्ट्रालाइट जहाज आइतबार बिहान फेला परेको छ । पोखरा विमानस्थलबाट उडेपछि हराएको जहाज माछापुच्छ्रे र अन्नपूर्ण हिमालबीचको खोचमा टुक्राटुक्रा अवस्थामा फेला परेको हो ।

पोखरा अल्ट्रालाइट कम्पनिका संचालक पोमनारायण श्रेष्ठले समुन्द्र सतहदेखि करिब १२ हजार फिट उचाईमा टुक्राटुक्रा अवस्थामा जहाज फेला परेको बताए । एकवर्षभन्दा बढी समयसम्म खोजी गर्दा बल्ल फेलापरेको जानाकारी दिए ।जहाजको खोजिका लागि पटकपटक हेलिकोप्टर र आफ्नै जहाज पठाएको उनले बताए ।

जहाज गत बर्ष असोज २१ गते हराएको थियो । पोखरा विमानस्थलबाट उडेको ‘९एन एएलआइ’ कलसाइन भएको उक्त जहाजलाई रसियन पाइलट ५० बर्षीय भ्यालरी बुटेरिनले उडाएका थिए । जहाजमा दक्षिण अफ्रिकी महिला ४० बर्षीया एलिजावेथ वेल यात्रारत थिइन् । ‘माउन्टेन फ्लाइट’ का लागि एक घण्टाको समय लिएर उडेको जहाज उडान भरेको ७ मिनेटपछि सम्पर्क्विहीन भएको थियो ।

जहाजमा यात्रारत पाइलट र यात्रु दुवैको मृत्यु भएको र उनीहरुको शरीरको हड्डि मात्र फेला परेको श्रेष्ठले बताए । ‘शरीरको हड्डि र खप्पर, तथा दाँत र जहाजको पांग्रा सहित केही भाग संकलन गरेर ल्याएका छौं,’ उनले भने, ‘जहाजको इन्जिन र पखेटासहित धेरैजसो भाग जलेको थियो । मानव हड्डि परपर उछिट्टएको अवस्थामा थिए ।’ उनले भने ‘ब्लाकबक्स भने फेला पार्न सकिएन । त्यही भएर दुर्घटनाको कारण यकिन भएन ।’

आइतबार सशस्त्र प्रहरीको पोखरास्थित कालिका गणका प्रहरी हवल्दारद्वय पूर्णलाल देवकोटा र तेजेन्द्र बुढा हेलिकोप्टरमा गएर जहाज र मानवहड्डि संकलन गरेका थिए । ‘हेलिप्याडबाट उत्रेर आधाघण्टा उकालो लागेपछि जहाज दुर्घटनास्थलमा पुग्न सकियो,’ देवकोटाले भने, ‘छरपष्ट हड्डि र जहाजका केही भाग संकलन गरेर ल्यायौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई