२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

देवचुली महोत्सवमा पशुपति शर्मालाई हेर्न आउनेको ओइरो, बन्दले पनि प्रभाव पारेन

२०७३, २९ कार्तिक सोमबार ०३:२९

कार्तिक २९, नवलपरासी ।  प्रथम देवचुली महोत्सव २०७३ भब्य रुपमा संचालन भईरहेको छ । महोत्सवका चौथो दिन सम्म मेलामा थेगी नसक्नुको मानिसहरुको सहभगीता रहेको मेला व्यवस्थापन समितिका संयोजक केबी रानाले जानकारी दिए । देवचुली टेलिभिजनको आयोजना र अन्य आधा दर्जन संघ संस्थाको सह आयोजनामा महोत्सव गरिएको हो । 

मेलामा दैनिक रुपमा जिल्लाका विभिन्न स्थानबाट मानिसहरु मेला अबलोकनको लागि नवलपरासीको कावासोती आएका छन् । मेलाको चौथो दिनका प्रमुख अतिथि नेकपा एमालेका जिल्ला अध्यक्ष एवंम पूर्व सांसद रोशन गाहाले मेला मार्फत देवचुली टेलिभिजनले नयाँ ईतिहास रचेको बताए । 

उनले यस क्षेत्रमा हुने महोत्सव मध्ये देवचुली महोत्सव पूर्ण रुपमा सफल बनेको प्रतिक्रिया दिए । उनले भने, टेलिभिजने युवा उद्यमशील र कला संस्कृति संरक्षणको लागि महोत्सव गरेको छ, यसलाई पूर्ण रुपमा सफल बनाउने हामी सबैको दायित्व हो । 

मेलाको चौथो दिन सम्म करिव ६० हजार मानिसहरुले अवलोकन गरेका छन् भने करिव ६ करोडको कारोबार भएको छ । मेलामा करिव २ सय स्टलहरु रहेका छन् । 

मंसिर ४ गते सम्म संचालन हुने महोत्सवमा दैनिक रुपमा १५ देखि २० हजार मानिसहरु सहभागी बनेका छन् । यस क्षेत्रमा हुने महोत्सव मध्य देवचुली महोत्सवमा निकै धेरै मान्छेहरु सहभागी बनेको पाए, कपडाको व्यापार गर्दै आएका रामहरी खतिबडाले भने, यहाँको व्यापारले हामी उत्साही छौं । महोत्सवमा रहेका व्यापारीहरु दिनभर निकै व्यस्त देखिने गरेका छन् । 

मेलामा कृषि प्रदशनी, मौलिक खानाका परिकार, राष्ट्रिय तथा स्थानीय उत्पादनको बिक्रि तथा प्रर्दशनी, बाल उद्यान मौलिक घरहरु, मानविय कृयाकलाप देखाउने उँट मुख्य आर्कषणको केन्द्र रहेका छन् । मेलामा निकै धेरै मानिसहरु सहभागी बनेको महोत्सव हेर्न पुगेका कावासोतीका रामकृष्ण नेपालले प्रतिक्रिया दिए । 

महोत्सवको उत्साहले थप ५० स्टल थपिए 

महोत्सवमा देखिएको उत्साहले महोत्सव शुरु भएको चौथो दिन सम्म पनि स्टल बुकिङ्ग भईरहेको छ । मेला शुरुभए पछि समेत थप ५० वटा स्टलहरु बुकिङ्ग भएको स्टल व्यवस्थापनका संयोजक लाल प्रसाद बरालले बताए ।

उनले भने, मेलामा दर्शकहरुको उल्लेख्य उपस्थिती देखिएपछि यस क्षेत्रका अन्य स्थानका व्यापारीहरु समेत स्टल बुकिङ्गको लागि कावासोती आएका हुन् । 

मेलामा दैनिक रुपमा राम्रो कारोबार भईरहेको व्यापारीहरुको प्रतिक्रिया रहेको छ । मेलामा स्थानीय भन्दा बाहिरका मानिसहरुले स्टल बढी बुकिङ्ग गरेका छन् । छिमेकी महोत्सवबाट कावासोतीमा व्यापारीहरु आएको बताएका छन् । 



बिज्ञानदाता र महोत्सवमा सहयोग गर्नेलाई सम्मान 

देवचुली टेलिभिजनले आफ्नो आठौँ बर्ष प्रबेश गाठको अवसरमा आफूलाई बिज्ञापन दिएर सहयोग गर्ने बिज्ञानदाताहरु लाई सम्मान गरेको छ । महोत्सवमा हजारौँ दर्शकहरुको माझमा आईतबार कावासोतीमा रहेका बिज्ञापनदाताहरु लाई सम्मान गरेको हो । 

महोत्सव मूल समारोह समितिका संयोजक केबी रानाले देवचुली टिभिको अहिले सम्मको यात्रामा उहाँहरुले पूर्याएको योगदान स्वरुप सम्मान गरिएको बताए । महोत्सव अबधिभर बिज्ञापनदाता र सहयोगी संस्थाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।  

पशुपति शर्माको गीतमा दर्शकको छमछमी 

लोक तथा दोहोरी गायक पशुपति शर्माको गीत सुन्नकै लागी भनेर टाढा टाढाको दर्शकहरुको ओइरो लागेको थियो । नेपालभर बिप्लव माओवादीले गरेको बन्दको प्रभावका बिचपनि दर्शकको उपस्थिती उल्लेखनीय थियो ।

लोक तथा दोहोरी गीतका किङ भनेर चिनिने गायक पशुपति शर्माले आफ्नो आधा दर्जन चर्चित गीतहरु दिउसो दिने अबेर सम्म दर्शकहरुलाई सुनाएका थिए । 

आफ्नो प्रस्तुतीको पहिलो गीतमा उनले मलाई अमेरीका यहि मलाई जापान पनि यहि गीत गाएका थिए । पशुपति शर्माले गीत गाउँदा महोत्सव स्थलमा दर्शकको उपस्थिती खचाखच देखिन्थ्यो । उनले आफ्नो अन्य चर्चित गीत, पानी पुरी, ढाड दुखेर मा¥यो, बत्ति बाल्नै पर्दैन, साईकलको घण्टी लगायतका गीतहरु गाएका थिए । उनले गीत मार्फत आफ्नो देशमै केहि गर्ने उद्यमशील बन्न पे्ररणा समेत प्रदान गरेका थिए । 

साथै आईतबारको कार्यक्रममा पशुपति शर्माको साथमा, गायिका दुर्गा सापकोटा, रुवी सिङ्जाली, उमादेवी खनाल, गायक कबि सारु, नवराज थापा, दिपक खड्का तथा स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहेको थियो । देवचुली डान्सीङ्ग स्टारको उत्कृष्ट ९ जना प्रतियोगीतको प्रस्तुती समेत आर्कषणको केन्द्र रहेको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ