Skip to content
Friday, July 17, 2026 Nepali Online Media

राष्ट्रिय आविष्कार केन्द्रलाई रु एक लाख सहयोग

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २९, म्याग्दी । महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र स्थापना अभियानमा म्याग्दीबाट काठमाडौँमा बसोबास गरेकाले सञ्चालन गरेको म्याग्दी बचत तथा ऋण सहकारी संस्थाले रु एक लाख आर्थिक सहयोग गरेको छ ।

काठमाडौँमा सम्पन्न सहकारीको नवौँ वार्षिक साधारणसभाको अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले अभियन्ता महावीर पुनलाई रकम हस्तान्तरण गर्नु भयो ।

साधारणसभामा महाविर पुनले प्रतिभाशाली सन्ततिको प्रतिभाको पालनपोषण गर्नका लागि केन्द्रको स्थापनामा लागेको बताउनु भयो । विदेशिएका हजारौँ प्रतिभाशाली सन्ततिलाई स्वदेशमा नै फर्काएर देश विकासमा लगाउने उद्देश्यसहित केन्द्र स्थापना गरिएको पुनको भनाइ थियो ।

विद्युत् उत्पादनका लागि तत्काल रु ५० करोड सङ्कलन गरी बाँकी बैंकबाट ऋण लिएर सुरू गर्ने बताउँदै उहाँले त्यसले दिएको आम्दानीसँगै अन्य स्रोत समेत जुटाउने उल्लेख गर्नु भयो ।

सन् २००७ मा एसियाको नोबेल पुरस्कार भनेर समेत चिनिने म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भएका पुनले केन्द्र स्थापनाका लागि कास्की जिल्ला बेगनास तालको उत्तरपट्टिको ठूलाकोट भन्ने डाँडामा २० वर्ष अगाडि खरिद गरेको २८ रोपनी समेत केन्द्रको स्थापनामा प्रयोग गर्ने घोषणा गर्नु भएको छ ।

यसैबीच सहकारीका पदाधिकारी, कार्य समिति सदस्यले अभियानमासमेत सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । म्याग्दीबाट काठमाडौँमा रहेका म्याग्देलीले सञ्चालन गरेको सहकारीमा बेनी नगरपालिका र ३५ गाविसबाट प्रतिनिधित्व रहेको छ । रासस