२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

महिलाको नाममा जग्गा जिष्ट्रेसन गर्ने क्रम बढ्दो

२०७३, २९ कार्तिक सोमबार ०६:४३

कात्तिक २९, रसुवा । सरकारले राजस्वमा छुट दिने नीति लिएपछि ग्रामीण क्षेत्रमा महिलाका नाममा जग्गा रजिष्ट्रेसन पास गर्ने कार्य क्रमशः बढ्दै गएको छ । 

मालपोत अधिकृत फणीन्द्र दाहालका अनुसार गत वर्ष धुन्चे गाविसमा ३२४ महिलाले जग्गाको स्वामित्व प्राप्त गरी जग्गाधनी प्रमाण पुर्जा तयार भएको र पासका लागि आफ्नो श्रीमान्हरुले मालपोत कार्यालयमा श्रीमती लिई आउने बानीको विकास बढ्दै गएको छ । 

पुरुषको नाममा मात्र जग्गाधनी प्रमाण पुर्जा बनाउनु पर्छ भन्ने पुरानो संस्कारलाई अन्त्य गर्दै भावी पुस्ताले श्रीमतीको नाममा स्वामित्व प्रधान गर्न थालेको बताउँदै रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले महिलाप्रति सकारात्मक भावले अगाढि बढी अब सबै प्रकारका जग्गा जमिन महिलाको नाममा कायम हुँदै जाने अपेक्षा गरिएको बताउनुभयो । 

जग्गा रजिष्ट्रेसन पास गर्दा महिलालाई राजस्वमा छुट दिन थालेपछि रसुवा जिल्लामा जग्गाधनी प्रमाण पुर्जा प्राप्त गर्ने महिलाको सङ्ख्या तीन हजारको हाराहारीमा पुगेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो