कात्तिक २९, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले अखाद्य बस्तु विक्रि वितरण गर्ने व्यापारीलाई कारवाही गर्ने चेतवानी दिएको छ । 

पहिलो चरणमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २९, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले अखाद्य बस्तु विक्रि वितरण गर्ने व्यापारीलाई कारवाही गर्ने चेतवानी दिएको छ । 

पहिलो चरणमा "/>

2026-09-20 01:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अखाद्य सामग्री बेच्नेलाई कारवाही हुन्छ: प्रशासन


कात्तिक २९, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले अखाद्य बस्तु विक्रि वितरण गर्ने व्यापारीलाई कारवाही गर्ने चेतवानी दिएको छ । 

पहिलो चरणमा अनुगमनको क्रममा विक्रि गर्नको लागि राखिएका अखाद्य पदार्थ जफत गरेको जिल्ला प्रशासन कार्यालय पर्वतले अबका दिनमा पनि अखाद्य सामग्री विक्रिवितरण गर्न राखिए वा विक्रिवितरण गरे कारवाहीको दायरामा ल्याउने चेतावनी दिएको छ । गत असार र कार्तिकमा कुश्मा बजार र वारी बनीमा गरिएको अनुमनमा फेला परेका अखाद्य सामग्री नष्ट गर्दै  सोमबार प्रशासनले यस्तो प्रतिक्रिया दिएको हो ।

म्याद नाघेका सामाग्री उत्पादकलाई फिर्ता गर्न सकिने भएपनि उपभोक्ताको अज्ञानताको फाइदा उठाउँदै बिक्री गर्ने गरेको पाइएको जिल्ला प्रशासन कार्यालय जनाएको छ । अहिले सम्मको अनुगमनमा सामान मात्रै जफत गरिएको भएपनि अब म्याद नाघेका उपभोग्य बस्तु बिक्री गर्ने व्यपारीलाई नै कारबाही गर्ने चेतावनी पनि कार्यालयले दिएको छ। ‘हामीले अहिले सम्म सचेत मात्रै बनाएका छौ’ सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्माले भने ‘म्याद नाघेका सामाग्री बिक्री गरेको पाइएमा ऐन नियम अनुसार काबार्ही नै चलाउँछौ’ ।

 दैनिक उपभोग्य सामाग्री बिक्री गर्ने पसलहरु अनुगमनका क्रममा म्याद नाघेका, लेबल नभएका सामानहरु जफत गरि खाडलमा पुरेर नष्ट गरिएको कार्यालयले जनाएको छ । अनुगमनका क्रममा फेला परेका दालमोठ, घिउ, स्पाइसी फिस, लेमन आचार, काजु, छोकडा, झिलिङ्गगा, मोटुपातलु, उल्लुका बच्चा जस्ता खाद्यय सामाग्रीहरु नष्ट गरिएको हो । कार्यालयले ब्यबसायी, सञ्चारकर्मी र सुरक्षाकर्मीको रोहबरमा उक्त अखाद्य सामाग्री नष्ट गरेको हो ।

कार्यालयले उपभोक्तालाई आफै सचेत हुनको लागि पनि आग्रह गरेको छ । बजारमा सामान किन्दा म्याद नाघेको वा ननाघेको त्यसको बारेमा जानकारी लिएर मात्रै सामग्री खरिद गर्नको लागि प्रशासनले अनुरोध गरेको छ । 

म्याद सकिएका अखाद्य बस्तु फिर्ता गर्न वा आफै नष्ट गर्नको लागि व्यापारीलाई समेत प्रशासनले सचेत गराएको छ । म्याद नाघेको बस्तु भएको जान्दाजान्दै पनि विक्रिवितरण गरी जा नष्ट गर्न वा फिर्ता नगरि अखाद्य बस्तु राखिएको भेटिएमा अब कानूनी दायरामा ल्याउने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो