2026-09-19 03:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

माग पुरा नभए नागरिकता फिर्ता दिने देखि सिमा प्रहरी चौकीमा तालाबन्दी गर्ने

सम्राट सिंह/कात्तिक ३०, बझाङ । जिल्लाको सबैभन्दा दुर्गम गाविस काँडालाई छुट्टै गाउँपालिकामा समावेस नगरे काँडाबासिहरुले नेपाली नागरिकता फिर्ता दिने देखि सिमा प्रहरी चौकीमा तालाबन्दी गर्ने जस्ता आन्दोलनका कार्यक्रम घोषणा गरेका छन ।

जिल्लाका राजनितिक दल र स्थानिय निकाय पुनः संरचना प्राविधिक समितिले काँडा गाविसलाई  छुट्टै गाउँपालिका बनाउने आश्वासन दिएको भएपनि निर्वाचन आयोगले काँडालाई छुट्टै गाउँपालिकामा समाबेस नगरेकोले काँडाबासीहरु आन्दोलनमा उत्रेका हुन ।

काँडा अति विकट र दुर्गम गाविस भएकाले भुगोलका आधारमा काँडालाई छुट्टै गाउँपालिकामा समावेस गनुपर्ने मा राख्दै सोमबार काँडा गाविसका पार्टी प्रतिनिधि र सर्बसाधारणहरुले स्थानिय निकाय पुनः संरचना प्राविधिक समितिलाई ज्ञापन पत्र बुझाएका छन ।

काँडा गाविसबाट सदरमुकाम चैनपुर पुग्न ४ दिन पैदल हिड्नुपर्छ काँडाका समिप कुमार बोहराले भने राज्यले काँडाका बासिन्दाहरुलाई सौतेनी व्यवहार गरेको छ राज्यले काँडालाई छुट्टै गाउँपालिका नबनाए कडा आन्दोलन उत्रने छौ ।

छुट्टै गाउँपालिकाको माग राख्दै काडाँबासीले स्थानिय निकाय पुनः संरचना प्राविधिक समिति लाई ज्ञापन पत्र बुझाउने,जिविसमा तालाबन्दी गर्ने,बिरोध जुलुस सहित लोकतान्त्रिक चोकमा कोण सभा गर्ने, सिमा प्रहरी चौकीमा तालाबन्दी गर्ने, काँडा गाविस भरीका सम्पूर्ण नेपालि नागरिकता फिर्ता बुझाउने, गाउँ परिषद बहिष्कार गर्ने, स्थानिय निर्वाचनमा भाग नलिने, सम्पुर्ण काँडाका बासिन्दाहरु कुनैपनि राजनितिक दलसँग आबद्घ नरहने गरी सदस्यता परित्याग गर्ने जस्ता आन्दोलनका कार्यक्रम घोषणा गरेका छन ।

काँडा गाविसहरुको मागका लागि समितिको बैठक बसी आयोगसँग छलफल भइरहेको स्थानिय निकाय पुनः संरचना प्राविधिक समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई