कात्तिक ३०, रोल्पा । आवश्यक महिला प्रहरीको दरबन्दी नहुँदा रोल्पा जिल्लामा हुने महिलासम्बन्धी घटना अनुसन्धान र कारबाहीमा समस्या हुने गरेको छ ।

जिल्लामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ३०, रोल्पा । आवश्यक महिला प्रहरीको दरबन्दी नहुँदा रोल्पा जिल्लामा हुने महिलासम्बन्धी घटना अनुसन्धान र कारबाहीमा समस्या हुने गरेको छ ।

जिल्लामा "/>

2026-07-07 03:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

आलोपालो गरी पठाइन्छन् महिला प्रहरी

कात्तिक ३०, रोल्पा । आवश्यक महिला प्रहरीको दरबन्दी नहुँदा रोल्पा जिल्लामा हुने महिलासम्बन्धी घटना अनुसन्धान र कारबाहीमा समस्या हुने गरेको छ ।

जिल्लामा एक प्रहरी सहायक निरीक्षक, दुई हवल्दार सहित १८ जना मात्र महिला प्रहरी रहेका कारण जिल्लाका सबै प्रहरी चौकीमा महिला प्रहरी पठाउन नसकिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

जिल्लामा ३४ प्रहरी युनिट रहेकामा आठ युनिटमा मात्र महिला प्रहरी छन् । ती युनिट पनि कतिपय सुगम र कतिपय दुर्गममा पर्दछन् । ‘सबैलाई न्यायोचित ढङ्गले सुगम दुर्गम मिलाएर ‘रोटेसनमा’ पठाइन्छ’ घर्तीले भने ।

जिल्लाका अधिकांश युनिटमा रहेका प्रहरी ब्यारेक महिलामैत्री नभएका कारण पनि महिला प्रहरीलाई पठाउन समस्या भएको घर्तीले जानकारी दिए । जिल्लामा अधिकांश पुरुष वैदेशिक रोजगारीमा गएका कारण समाजमा हुने घटनामा पीडक र पीडित दुवै महिला हुनेको मात्रा बढिरहेका कारण मौजुदा जनशक्तिले धान्न नसकेको घर्तीको भनाइ छ ।

विभिन्न गोष्ठी, सेमिनार, अनुगमनलगायतको अवसरमा जिल्लामा महिला प्रहरीको सङ्ख्या थप गर्न माग गरिएको भएपनि हालसम्म पूरा हुन नसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल