2026-09-19 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा दुर्घटनामा परि १८ जना घाइते

मङ्सिर १, नवलपरासी पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा मङ्गलबार भएको सवारी दुर्घटनामा परी १८ जना घाइते भएका छन् । 

ना ६ ख ३९१८ नम्बरको ट्रक, ना ४ ख ६०८२ नम्बरको बस, लु १ ख ७४३८ नम्बरको बस र यु पी ५७ ५२७८ नम्बरको भारतीय ट्रक एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो । 

सबै घाइतेको अवस्था सामान्य छ । घाइतेको चितवन भरतपुरस्थित सिएमसि मेडिकल कलेजमा उपचार भइरहेको गैँडाकोट प्रहरीले जनाएको छ । 

लागुऔषध दुव्र्यसन जटिल 

यसैबीच, नवलपरासीमा पछिल्लो समय लागुऔषध दुव्र्यसनी र यसको कारोबारको अवस्था निकै जटिल देखिएको छ । जिल्लाको सीमावर्ती खुल्ला नाका भएका कारण लागुऔषध दुव्र्यसनी र यसको कारोबार जटिल अवस्था नवलपरासीमा पनि परेको हो । 

नवलपरासीका प्र्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले पछिल्लो तीन महिनामा लागुऔषधसँग सम्बन्धित २७ वटा मुद्दा दर्ता भएको जानकारी दिनुभयो । जिल्लाको तथ्याङ्कमा हेर्ने हो भने पनि लागुऔषध दुव्र्यसनी र यसको कारोबारको अवस्था विकराल देखिन्छ । 

प्रहरी उपरीक्षक चौधरीले लागुऔषधको प्रयोगकर्ता भन्दा पनि त्यसको कारोबारमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

नवलपरासीमा लागुऔषधको प्रयोग र कारोबारको सवालमा जिल्लामा यसको सञ्जाल बढ्दो छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो