2026-09-19 12:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

देविस्थानले निसीखोलाको केन्द्र झिवाखोला नमान्ने

कृष्ण कँडेल/मङ्सिर १, बागलुङ । स्थानिय सहमति विपरित निसीखोला गाउँपालिकाको केन्द्र बोहरागाउँ राख्ने निर्णय भएको भन्दै देविस्थान गाविसको सर्वदलिय बैठकले त्यसको विरोध गरेको छ । 

सोमबार जिल्ला स्तरिय राजनैतिक दल तथा जिल्ला प्राविधिक सहयोग समितिले निसीखोला गाउँपालिकाको केन्द्र बोहरागाउँको झिवाखोलामा राख्ने प्रश्ताव गरेको थियो । 

कात्तिक २४ गते बागलुङ बजारमा भएको सर्वदलिय बैठकले देविस्थानको वडा नम्बर–९ खाडुमा केन्द्र राख्ने सहमती अनुसार निसीखोलामै बस्न सहमत भएपनि त्यसको पालना नभएपछि आफुहरु अब ढोरपाटन नगरपालिकामा जाने नेपाली काँग्रश देविस्थानका सभापती ईन्द्र मल्लले जानकारी दिनुभयो । 

देविस्थानमै केन्द्र राख्ने सहमती कार्यान्वयन भएमात्र आफुहरु निसीखोलामै बस्ने त्यसो नभए बुर्तिबाङ केन्द्र हुने स्थानिय निकायमा जाने पुर्व धारणा अनुसार अव बुर्तिबाङमा राख्न दवाव दिने निर्णय भएको उहाँको भनाई छ । 

‘हामीसँग भएको सहमतीमा धोका भयो ।’ मल्लले भन्नुभयो, अब हामी प्रश्तावित ढोरपाटन नगरपालिकामै जान्छौँ, त्यसका लागि दवाव सिर्जना गर्न हामी जुनसुकै संघर्ष गर्न पनि तयार छौँ ।’ उहाँले नेपाली काँग्रेशका भविन्द्र कुँवार लगायतले आफ्नो स्वार्थका लागि निसीखोला नै उपयुक्त हुने भन्दै आरोप लगाउनुभयो । 

नेकपा माओवादी केन्द्रका कुविर विश्वकर्माले पुर्व सहमती अनुसार राजकुतलाई पनि निसीखोला गाउँपालिकामा राख्नुपर्ने र देविस्थान नै केन्द्र हुनुपर्ने माग गर्नुभएको छ । 

बैठकमा  नेपाली काँग्रश देविस्थान सभापती ईन्द्रबहादुर मल्ल, नेकपा एमालेका गाउँ कमिटि अध्यक्ष छविलाल कुँवर, माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य कुविर विश्वकर्मा, राजमो देविस्थानका अध्यक्ष डिलबहादुर कार्की, राप्रपा नेपाल कृष्णबहादुर मल्ल र नेकपा माओवादीका ढालबहादुर कुँवर लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई