नन्दराम जैशी/मंसिर १, जुम्ला । कर्णाली उच्च मावि अनामनगर जुम्लामा संचालित विशेष शिक्षा अन्र्तगत बहिरा कक्षा संचालनमा समस्या भएको छ । बहिरा कक्षा प्रभावकारी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/मंसिर १, जुम्ला । कर्णाली उच्च मावि अनामनगर जुम्लामा संचालित विशेष शिक्षा अन्र्तगत बहिरा कक्षा संचालनमा समस्या भएको छ । बहिरा कक्षा प्रभावकारी "/>

2026-10-15 09:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

विषयगत र तालिम प्राप्त शिक्षक अभावका कारण बहिरा कक्षा संचालनमा समस्या


नन्दराम जैशी/मंसिर १, जुम्ला । कर्णाली उच्च मावि अनामनगर जुम्लामा संचालित विशेष शिक्षा अन्र्तगत बहिरा कक्षा संचालनमा समस्या भएको छ । बहिरा कक्षा प्रभावकारी रुपमा संचालनका लागि बिषयगत र तालिम प्राप्त शिक्षकहरुको अभाव भएपछि समस्या भएको हो । विद्यालयद्धारा मंगलबार आयोजित विशेष शिक्षा प्रतिबेदन सार्बजानिकरण कार्यक्रममा सहभागी सरोकारवाला निकाय बीच यस्तो बताइएको थियो । 

नेपाल सरकारको अवधारणा अनुसार २०६१ सालदेखि अनामनगरमा बहिरा कक्षा संचालन हुदै आएको छ । हाल कक्षा १ देखि ७ सम्म सांकेतिक भाषाका माध्ययमद्धारा र कक्षा ८ देखि १० सम्म समाहित कक्षामा राखी अध्ययन अध्यापन कार्य संचालन हुदै आएकोमा समाहित कक्षामा अध्ययन गर्ने बहिरा विद्यार्थीको शैक्षिक गुणस्तर कायम हुन नसकेपछि समस्या बल्झिएको जनाएको छ । सबै कक्षामा जम्मा ३३ जना बहिरा विद्यार्थी रहेकोमा बिषयगत शिक्षक अभावका कारण ५ जना शिक्षकले सबै बिषय अध्यापन गराउनु परेको जनाएको छ । 

विद्यालयका प्रधानाध्यापक मिनराज शर्माका अनुसार जिल्ला शिक्षा कार्यालयबाट प्रति विद्यार्थी मासिक ३ हजारका दरले हालसम्म ३० जना बराबरको छात्रबृत्ति र सांग्रिला डिप्लपमेन्ट एसोसिएसन ललितपुर र आइएन एफ जुम्लासँग सहकार्य गरी आवासिय रुपमा बहिरा कक्षा संचालन भैरहेको छ । 

विभिन्न चुनौतिसँग सामाना गर्दै विद्यालयले हाल २ जना राहात, १ जना निजि र २ जना सांग्रिला र आइएनएफद्धारा संचालित शिक्षकको भरमा बहिरा कक्षा संचालन गर्नु परेको प्रधानाध्यापक शर्माले बताउनुभयो । 

स्रोत साधानको अभावले अन्य जिल्लाबाट पढ्न आएका बहिरा बालबालिकालाई पठनपाठनको ब्यवस्था पुर्ण रुपमा मिलाउन नसकिएकाले सरोकारवाला निकायलाई सहयोग गर्न विद्यालयले आग्रह गरेको छ । 

बहिरा कक्षा संचालनका लागि विद्यालयमा कम्युटर, ओड्ने ओछ्याउने कपडा, दराज, र्याक, निर्माणाधिन आवासिय भवनमा कक्षा कोठा ब्यवस्थापनका लागि कार्पेट र पिपि फम लगायतका सामाग्रीको तत्काल समस्या रहेको शिक्षक देवेन्द्र तिमिल्सिनाले बताउनुभयो । 

बहिरा बालबालिकाहरुलाई कुनै ठुलो रोग लाग्दा उपचारका लागि बजेटको अभाव रहेकाले उपचारमा छुट गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आग्रह गर्ने विद्यालयले निर्णय गरेको छ । 

विशेष शिक्षा प्रतिबेदन सार्बजानिक कार्यक्रममा निमित्त जिल्ला शिक्षा अधिकारी महेशदत्त देबकोटा, नगर अधिकृत केशवराज शर्मा, जिविस जुम्लाका बरिष्ठ कार्यक्रम अधिकृत क्षेत्र बहादुर बुढ्थापा लगायत जिल्ला स्थित विभिन्न सरोकारवाला निकायका प्रमुख एंव प्रतिनिधिहरुले निवेदन सहित कार्यालयमा आएमा सक्दो सहयोग गर्ने आसवासन दिनु भएको थियो ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने