2026-07-24 10:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

आगोले जलाएको ७४ वर्षीय वृद्धको सपना

गोकर्णप्रसाद भण्डारी/मङ्सिर १, दोलखा । सरकारले दिएको रु ५० हजार र आफूले बनिबुतो गरेर जोहो गरेको सबै रकम आगोमा सल्किएर जलेपछि नयाँ र बलियो घर बनाउने सपना आगोमा जलेर सकिएको ७४ वर्षीय वृद्ध भीमबहादुर कार्की बताउँछन् । 

श्रीमतीको मृत्युपछि एक्लो जीवन बिताउँदै आएका दोलखाको उत्तरी गाविस लापिलाङ–९ का कार्की अहिले फेरि मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताउँछन् । 

“मरुँ काल आउँदैन, बाँचाँै बाँच्न मनै छैन, दैवले ठगेको मानिस भएर म कसरी बाँचुँ ?” यसरी बिलौना गर्छन् उनी । ३४ वर्ष अघि नै श्रीमतीको मृत्यु भएपछि एक्लो जीवन बिताउँदै आएका कार्कीको कात्तिक १९ गते जीवनभर कमाएर राखेको सबै सम्पत्ति आगोमा स्वाहा भयो भने घर बनाउन जोरजम्मा गरेको रु एक लाख १७ हजार नगद समेत खरानीमा परिणत भयो । 

उनी भन्छन्, कात्तिक १९ गतेदेखि आफूले एक छाक भात पनि राम्रो संग खाएको छैन । झलझली आफ्नो घर र सम्पत्ति जलेको त्यही दृष्य आँखामा आइरहने बताउँदै कार्कीले केही खान मनै नलाग्ने बताउँछन् । 

उनले घर जलेको दृष्य देख्दा बेहोस भएको बताउँदै पटकपटक त्यही आगोमा हाम फाल्न खोज्दा छिमेकीले बचाएको छिमेकी कृष्णबहादुर बस्नेतले बताए । आगलागीबाट आधा भाग बचेको रु ५० हजार रकम साट्न मिल्ने आशमा कार्की चरिकोटमा आए तर चरिकोटमा रहेका कुनै पनि बैंकले रकम साट्न नमानेपछि निरास हुँदै गाउँमा फर्किएका छन् । 

ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका कार्की अहिले कसैको घरमा काम गर्न समेत जाँदैनन् । उनी भन्छन्, घर जलेपछि सबै सपना जलेकाले काम गर्ने कुनै जोश जाँगर नै नभएको बताउँछन् । एक तलाको घर बनाउने इच्छा थियो, त्यही पनि अब आगोसँगै जलेर गएको बताउँदै बाँकी जीवन कसरी बिताउने भन्ने समस्याले बारम्बार सताउने गरेको बताउँछन् । 

कुनै मनकारी व्यक्तिले एक तलाको बस्ने घर मात्र बनाई दिएपनि आफ्नो एक्लो पेट त ज्याला मजदुरी नै गरेर भएपनि पाल्ने कार्कीको भनाइ रहेको छ । कार्कीको अन्तिम इच्छा भनेकै एकतले घर बनाएर बूढेसकालमा बस्ने रहेको बताएका छन् । उनले त्यो पनि आफू कमाएर बनाउन सक्ने अवस्थामा नभएको बताउँदै सहयोगीहातलाई अनुरोध गरेका छन् । 

उमेर ढल्क्यो बूढेसकालमा सुतेर खाने बेलामा बिजोगका दिन काट्नु पर्ने अवस्था आएको बताउँदै उनी आफू काल कुरिरहेको बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक