पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर १, भीमदत्तनगर । सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले आज जुवा खेलिरहेको अवस्थामा रु चार लाख ११ हजारसहित छ जना जुवाडेलाई पक्राउ गरेको छ ।

कैलालीको अत्तरीया नगरपालिका–१ पुरानो बजारस्थित झाडी किनारमा जुवा खेलिरहेको अवस्थामा ब्युरोबाट खटिएको प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा नेतृत्वको टोलीले नगदसहित उनीहरुलाई पक्राउ गरेको हो ।

मालाखेती–२ का दिनेश भट्ट, नवराज भट्ट, सुबोध भट्ट र गेटा–१२ का सुवास बोहरा, राजपुर–११ का रामबहादुर खड्का र अत्तरीया–१ का नकुल तामाङलाई पक्राउ गरिएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

लामो समयदेखि जुवा खेल्ने स्थान परिवर्तन गरेर खेल्ने गरेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । रासस