<p><b>मङ्सिर १, महोत्तरी ।</b> सङ्ग्रामपुरमा मोटरसाइकल दुर्घटनामा परी आज एक युवकको घटनास्थलमै मृत्यु भएको छ । <br></p><p>मेघनाथ गोरहन्नाबाट जलेश्वरतर्फ जाँदै गरेको ज ४ प २०१८ नं को मोटरसाइकल दुर्घटना हुँदा सोही मोटरसाइकलका चालक मेघनाथ गोरहन्ना–१ का ३४ वर्षीय सिकिन्द्र साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । </p><p>तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको बताइएको छ । रासस </p>
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु