2026-07-07 05:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

हराएको बालन नाँच देवचुली महोत्सवमा

मंसिर १, नवलपरासी । नवलपरासीमा जारी प्रथम देवचुली महोत्सवमा उर्लिदो जन सहभागीतासँगै महोत्सव विधामय बन्दै गएको छ । मंसिर ५ गतेसम्म कावासोती खेल मैदानमा चल्ने महोत्सवमा कृषि, पशुपालन, सहकारी र विद्यालयलाई मुख्य केन्द्रमा राखि हरेक दिन कार्यक्रमहरु संचालन गरिएको मेला व्यवस्थापन समितिका संयोजक केबी रानाले जानकारी दिए ।

रानाले महोत्सव रमाईलो भन्दा पनि, केहि पृथक र नयाँपन दिन हरेक दिन फरक फरक शैलीमा कार्यक्रमहरु संचालन गरिएको बताए । उनले भने, ‘देवचुली महोत्सव नवलपरासी जिल्लामा भएका महोत्सवको एउटा नमूना हो ।’

देवचुली टेलिभिजनको आफ्नो आठौँ बार्षिक उत्सवको अवसरमा महोत्सवको आयोजना गरिएको हो । मेलाको सातौं दिन १० हजार मानिसहरुले अबलोकन गरेका छन् । कृषि, उद्योग, व्यापार, मौलिक खाना, मौलिक घर, बाल उद्यान, सांस्कृतिक कार्यक्रम, विभिन्न जातजातिको मौलिक नाँचहरु मुख्य आर्कषणको केन्द्रमा रहेका छन् । 

मेला ऐतिहासिक रहेको विभिन्न क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । संचार क्षेत्रले गरेको मेलाले जिल्लामा एक तवरको रौनकता थपेको कावासोती नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पुरीले देवचुली टेलिभिजनले सामाजिक सुधारको क्षेत्रमा पु¥याएको योगदानको प्रसंशा गरे । उनले भने, ‘टेलिभिजनको आठाँै बर्ष प्रबेशको शुभकामना छ, जनताले देवचुली टेलिभिजनलाई गरेको सम्मानलाई जोगाई राख्नुहोला ।’ 


हराएको बालन नाँच महोत्सवमा

हिन्दू धर्मालम्बीहरुको सांस्कृति नाँच बालन महोत्सवमा प्रर्दशन गरिएको छ । कला संस्कृतिकको संरक्षण, पर्यटनका आधार, सम्बृद्ध राष्ट्र निर्माणको लागि कृषि तथा उद्योग व्यापार भन्ने नारासहित आयोजना गरिएको महोत्सवमा दैनिक रुपमा विभिन्न समूहका झाँकी तथा नाँचहरु देखाउँदै आइएको छ । 

पछिल्लो सयम हराउनै लागेको बालन नाच राधे राधे बालन समूह कावासोती –३ ले महोत्सवमा प्रर्दशन गरेको छ । यो नाँच पूरै देखाउन १२ घण्टा लाग्ने गर्दछ । सम्पूर्ण भगवनालाई विधिवत रुपमा स्वागत गरि देखाइने यो नाँच नमूनाको रुपमा १० मिनेट महोत्सव स्थलमा देखाइएको हो । 


बालन नाँचमा गणेश, पार्वती, शिव, बर्मा, बिष्णु, महेश्वर, हनुमान र नारदको रुप धारण गरि नाच्ने र गाउने गरिन्छ । नाँच देखाउन करिव ३५ जना कलाकार आवश्यक पर्ने राधे राधे बालन समूहका अध्यक्ष झविलाल बस्ताकोटीले बताए । 

उनले भने, ‘टेलिभिजनले हजारौ दर्शकहरु माँझ बालन नाँच यस्तो हो भनेर देखाउने मौका दियो, यस्ले अबका दिनमा यो नाँचको माग समेत बढ्ने छ ।’ यो नाँच पहिले निकै माग हुने गरे पनि अहिले भने हराउने अवस्थामा पुगेको छ । शुभ कार्य गर्दा यस्तो नाँच देखाउने गरिएको छ । 


१ दर्जन राष्ट्रिय कलाकारले महोत्सव संगीतमय 

देवचुली महोत्सव सातौं दिन संगीतमय बनेको छ । मेला हेर्न आएका दर्शकहरुले भरपूर सांगीतिक मनोरञ्जन लिएका छन् । १ दर्जन राष्ट्रिय कलाकारको प्रस्तुतीले रौनकता थपेको थियो । मुख्य आकर्षणको रुपमा रहेका गायक शिव हमालले दर्शकलाई नचाएँ । सँगै गीत पनि गाउन लगाए । 

पछेउरी लेऊ बैना बोलको गीतमा हमालसँगै कावासोतीका बासिन्दाले कम्मर मर्काउँदै नाचे । लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सदस्य आधा दर्जनजति चर्चित गीत प्रस्तुत गरेका थिए । हमालले उपस्थित दर्शकलाई आफ्नो चर्चित गीतहरु गाएर नचाएका थिए । कावासोती खेल मैदान साझ पर्दा समेत सांगीतिक बन्यो । 

कावासोती मैदान उराल्ने गरी उनले पुराना तथा नयाँ गीत प्रस्तुत गरे । ‘म कावासोतीको मायाले आए, म तपाईहरुको मायालाई संगाल्ने छु’ उनले भने, ‘म तपाईहरुले देवचुली महोत्सव सफल पार्नुपर्छ ।’ उनले यसो भन्दा कावासोती खेलमैदान तालीको गडगडाहटले गुुन्जिएको थियो । पहिलोपटक आयोजना गरिएको महोत्सवमा दर्शकको मन जित्नेमा पर्छिन गायीका जमुना राना ।  बुधबार महोत्सवको आकर्षकको रुपमा उनी पनि थिइन् । उनका प्रस्तुती निकै रोचक थियो । लोक गायीका भनेर चिनिए पनि उनले कावासोतीबासीलाई लो पप गीतलु पुरै मनोरन्जन दिइन् । रानाले पनि आफ्ना चर्चित गीत गाएर हजारौं दर्शक नचाइन् । ‘चम्चा प्लेट’, ‘मेरो मायाल’ु, ‘हलचल’, ‘बिर्सनेको नाम लेखेर’ लगायतका गीत गाउँदा महोत्सवको माहोल नै फरक बनेको थियो ।

अन्य कलाकारको प्रस्तसी पनि बेडोडका थिए । गायिका उमादेवी खनाल र गायक प्रकाश सपुतले पनि कार्यक्रमको शुरुवातमा गीत गाउँदा उर्लिदो दर्शक देखिन्थ्यो । गायिका उमाले चाइनिज लुगा, बिछोडको चोट त्यसैगरी केहि तिजका गीतहरु पनि गाएकी थिइन् । साथै गायक प्रकाश सपुतका गीतमा पनि दर्शक उत्तिकै रुपमा नाचेका थिए । 

कार्यक्रमका हाँस्य कलाकार निर आलेले पनि महोत्सवको माहोल खुबै तताएका थिए । महोत्सवमा कमेडी खुराकहरुका साथमा कमेडी नृत्य गरेका निरको गेटअप र प्रस्तुती देख्दा दर्शकहरु पेटमिचिमिचि हाँसेको देखिन्थ्यो । मंसिर २५ देखि जारी देवचुली महोत्सवमा कलाकर्मीले कावासोती र आसपासमा बेग्लै छाप छोडिरहेका छन् । 

साथै कार्यक्रमको अन्तिम प्रस्तुतीको रुपमा हाँस्य प्रस्तुती रहेको थियो । आयोजक देवचुली टेलिभिजनका कलाकारहरुले गरेको हाँस्य प्रस्तुतीमा पनि दर्शकहरु खुबै हाँसेका थिए । कलाकारहरु गोपिकृष्ण चापागाई, राशि रिजाल, नवराज अधिकारी, अर्जुन कण्डेलको कमेडी नृत्यसँगको प्रस्तुती रहेको थियो ।


आठौँ दिन कृषि बिशेष

देवचुली महोत्सवको आठौँ दिन कृषि बिशेष कार्यक्रम हुने भएको छ । विभिन्न विधामा संचालित महोत्सवमा विभिन्न उपसमिति मार्फत विभिन्न कार्यक्रम संचालन हुँदै आएको छ ।  बिहिबार कृषि विशेष कार्यक्रम गरिने भएको छ । 

कृषि क्षेत्रमा योगदान पु¥याएका १ दर्जन व्याक्ति तथा संघ संस्थाहरुलाई सम्मान गर्न लागिएको कृषि उप समिति संयोजक बुद्धिबहादुर देउजाले बताए । बिहान किसानहरुबीच अन्तरक्रिया गर्ने र बाजागाजासहित ¥याली निकाल्ने कार्यक्रम रहेको मूल समारोह समितिका संयोजक केबी रानाले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड