2026-09-19 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा दश वटा स्थानीय तहका लागि प्रस्ताव

मंसिर २, बागलुङ । बागलुङ जिल्लामा १० वटा स्थानीय बनाउन प्रस्ताव गरिएको छ । स्थानीय तह पुनःसंरचना जिल्ला प्राविधिक सहयोग समितिका अनुसार चार नगरपालिका र छ वटा गाउँपालिका बनाउने प्रस्ताव स्थानीय तह पुनःसंरचना आयोगमा पठाइएको छ । 

राजनीतिक दलहरुबीच पूर्ण सहमति नजुटे पनि अधिकतम सहमतिका आधारमा १० वटा निकाय प्रस्ताव गरिएको समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले बताउनुभयो । 

नेपाली काँग्रेसबाहेकका सबै दलले प्रस्तावमा साझा सहमति कायम गरेको समितिले जनाएको छ । प्रस्तावमा बागलुङ, गलकोट, जैमिनी र ढोरपाटन नगरपालिका रहने उल्लेख छ । छ गाउँपालिकामा बरेङ, काठेखोला, निसीखोला, बडीगाढ, स्वायत्त क्षेत्रका रुपमा ताराखोला र विशेष क्षेत्रका रुपमा तमानखोला गाउँपालिका प्रस्ताव गरिएको समितिका सदस्य सचिव खिम विकले जानकारी दिनुभयो । 

बागलुङ नगरपालिकामा हालका वडाका अतिरिक्त मालिका, तित्याङ, भकुण्डे, रायडाँडा, अमलाचौर, नारायणस्थान, पैंयूपाटा, ६ नं वडा बाहेकको सिगाना र पालाकोट गाविसको वडा नं ६, ७, ८ र ९ लाई समावेश गरिएको छ । कुश्मीसेरा केन्द्र रहने गरी प्रस्ताव गरिएको जैमिनी नगरपालिकामा कुश्मीसेरा, दमेक, सर्कुवा, विनामारे, अर्जेवा, जैदी, छिस्ती र पैंयूथन्थापका वडा नं ३, ४, ५, ६, ७ र ८ लाई समावेश गरिएको छ । 

मजुवा केन्द्र रहने गरी प्रस्ताव गरिएको गलकोट नगरपालिकामा आठ गाविसमा समावेश छन् । जसमा मल्म, काँडेबास, हटिया, नरेठाँटी, दुदिलाभाटी, हरिचौर, पाण्डवखानीको ३ र ४ वडा र रिघा गाविसको वडा नं ३ र ६ समावेश गरिएको छ । यस्तै, बुर्तिबाङ केन्द्र रहन गरी बुर्तिबाङ, अधिकारीचौर, राजकुत, बोबाङ र खुङ्गा गाविस समेटिएको ढोरपाटन नगरपालिका प्रस्ताव गरिएको छ । 

बरेङ केन्द्र रहने गरी सातवटा गासी समेटेर बरेङ गाउँपालिका प्रस्ताव गरिएको छ । जसमा पैंयूथन्थाप गाविसको वडा नं १, २ र ९ सहित राङ्खानी, धुल्लुबाँस्कोट, हुग्दीशिर, बाटाकाचौर, सल्यान र सुखौरा गाविस समाहित छन् । अक्षेते सुल्डाँडा केन्द्र रहने गरी आठवटा गाविस समेटेर काठेखोला गाउँपालिका प्रस्ताव गरिएको छ । पाला गाविसका १, २, ३, ४ र ५ वडासँगै भीमापोखरा, तङ्ग्राम, धम्जा, बिहुँकोट, लेखानी, रेश र सिगाना गाविसको ६ वडा उक्त गाउँपालिका समावेश गरिएको छ । 

झिँवाखोला केन्द्र रहने गरी प्रस्तावित निसीखोला गाउँपालिकामा निसी, देवीस्थान र बोहरागाउँ गाविस समावेश छ । ग्वालीचौर खर्बाङ केन्द्र रहने गरी नौ गाविस समेटेर बढीगाड गाउँपालिका प्रस्ताव गरिएको छ । जसमा दर्लिङ, भीमगिठे, ग्वालीचौर, जलजला, रणसिंहकिटेनी, दुगातुम्डाँडा, सिसाखानी, पाण्डवखानीको १, २, ५, ६, ७, ९ र रिघा गाविसका वडा नं १, २, ४, ५, ७, ८ र ९ समावेश गरिएको छ । 

यस्तै, भातखाने डाँडा केन्द्र रहने गरी स्वायत्त क्षेत्रका रुपमा ताखोला गाउँपालिका प्रस्ताव गरिएको समितिले जनाएको छ । जसमा ताराखोला, हिल, अर्गल र अमरभूमि गाविस समावेश छ । साथै, दोभान केन्द्र रहने गरी विशेष क्षेत्रका रुपमा तमान, खुङ्खानी र बोङ्गादोभान समावेश गरेर तमानखोला गाउँपालिका प्रस्ताव गरिएको छ । प्रस्तावप्रति नेपाली काँग्रेस बागलुङले फरक मत राखेको छ । 

काँग्रेसले क्षेत्र नं ३ मा ५ वटा स्थानीय तह बनाउनुपर्ने, पाला र सिगाना गाविसका वडा विभाजन गर्न नहुनेलगायतका फरक मत राखेको छ । समितिले फरकमतसहितकै प्रस्ताव आयोगमा पठाएको छ । आयोगले निर्धारण गरेको समयसीमामा स्थानीय तहको टुङ्गो लगाउन नसकेका दलहरुले १० दिन ढिलो गरी सहमति जुटाएका हुन् । 

गाविस टुक्र्याइएपछि आन्दोलन 

स्थानीय तह पुनःसंरचनामा आफ्नो गाउँलाई विभाजन गरिएपछि पाण्डवखानी गाविस आन्दोलित छ । सिङ्गो गाविसलाई प्रस्तावित गलकोट नगरपालिकामा समेट्न माग गर्दै ‘अखण्ड पाण्डवखानी’ सङ्र्घष समिति गठन गरेर गाविसवासी निर्णय सच्चाउन सदरमुकाम आएका छन् । 

समितिका संयोजक राधिका पुनले गाविस टुक्र्याउने निर्णय आफूहरुलाई मान्य नहुने बताउनुभयो । जिल्ला तहमा बसेर राजनीतिक दलहरुले पाण्डवखानी गाविसलाई प्रस्तावित गलकोट नगरपालिका र बढीघाट गाउँपालिकामा विभाजन गरेका थिए । जसमा पाण्डवखानीका वडा नं। ३ र ४ गलकोटमा र बाँकी सबै वडा बढीघाट गाउँपालिका समाहित हुने उल्लेख छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई