मंसिर ३ पर्वत ।  शिक्षा क्षेत्रमा गुणस्तर सुधारका लागि सरकारी निकायबाट अनेकौ कार्यक्रमहरु लागु गरिएका छन् ।
    गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने नारालाई शिक्षा मन्त्रालयले नै सार्थक बनाउने लक्ष्य राखेको छ । शिक्षा क्षेत्रलाई सापेक्षित बनाउन कतिपय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ३ पर्वत ।  शिक्षा क्षेत्रमा गुणस्तर सुधारका लागि सरकारी निकायबाट अनेकौ कार्यक्रमहरु लागु गरिएका छन् ।
    गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने नारालाई शिक्षा मन्त्रालयले नै सार्थक बनाउने लक्ष्य राखेको छ । शिक्षा क्षेत्रलाई सापेक्षित बनाउन कतिपय"/>
2026-09-20 01:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एकता क्लबको शैक्षिक अभियान सरस्वतीलाई सेतोपाटी र शैक्षिक सामाग्री हस्तान्तरण

मंसिर ३ पर्वत ।  शिक्षा क्षेत्रमा गुणस्तर सुधारका लागि सरकारी निकायबाट अनेकौ कार्यक्रमहरु लागु गरिएका छन् ।
    गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने नारालाई शिक्षा मन्त्रालयले नै सार्थक बनाउने लक्ष्य राखेको छ । शिक्षा क्षेत्रलाई सापेक्षित बनाउन कतिपय विद्यालयमा आईसिटी र प्राविधिक शिक्षा समेत सुरुवात गरिएको छ ।
तर पनि ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरुलाई सापेक्षित शिक्षा परिवर्तन गर्नमा अनेकौँ समस्या छन् । विद्यालयको कमजोर आर्थिक अवस्था र भूगोलका कारण सदरमुकाम नजिक भएर पनि कतिपय विद्यालयहरुको पठनपाठन अझै पुरानै प्रक्रियाबाट अगाडि बढिरहेको छ । यसैको उदाहरण हो बाग्लुङ्ग सदरमुकाम देखि दक्षिणमा रहेको नारायणस्थान ७ मा रहेको सरस्वती प्राथमिक विद्यालय ।
    कक्षा ५ सम्म पढाई हुने यस विद्यालयमा हालसम्म पनि कालोपाटीबाटै अध्यापन गराईएको छ । व्यवहारिक शिक्षाको कुरा गरेतापनि विद्यालयले कमजोर आर्थिक अवस्थाका कारण सेतोपाटी खरिद गर्न नसकी कालोपाटीमा चकले लेखेर विद्यार्थीले अध्ययन गर्दै आएका थिए । तर विद्यालयको यो समस्यालाई एकता युवा क्लवले समाधान गरिदिएको छ । नोभेम्बर १७ अर्थात विश्व विद्यार्थी दिवसको अवसरमा क्लवले विद्यालयका पाँचओटै कक्षालाई पुग्ने सेतोपाटी, मार्कर पेन हस्तान्तरण गरेको हो ।         त्यस्तै विद्यालयमा अध्ययनर ३२ जना विद्यार्थीलाई कपी र पेन पनि वितरण गरिएको छ । क्लवले विद्यालयलाई २५ हजार बराबरको सामाग्री हस्तान्तरण गरेको हो ।
    कार्यक्रममा प्रमुख अतिथी नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्माले क्लवले सहयोग गरेको शैक्षिक सामाग्री हस्तान्तरण गर्दै सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थित र शिक्षक सक्रिय भएर लाग्नुपर्ने बताए । विद्यार्थीलाई वैज्ञानिक र व्यवहारिक शिक्षा दिनुपर्ने अपरिहार्य आवश्यकता रहेको भएतापनि गाउँगाउँमा अझै पनि विद्यालयमा सेतोपाटी नहुनु विडम्वना भएको उनले बताए ।
    कार्यक्रममा क्लवका अध्यक्ष अच्युत तिवारीले विद्यालयको अवस्थाबारे जानकारी भएपछि सहयोगदाताहरु खोजेर विद्यालयलाई सहयोग गरेको बताए । विद्यार्थी तथा शिक्षकको स्वास्थ्यमा हानि नपुग्ने तथा गुणस्तर सुधारका लागि केही सहयोग होस भनि सहयोग गरेको बताउँदै उनले बालबालिकालाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने बताएका थिए । कार्यक्रममा नै उनले विद्यालयलाई ५ हजार नगद सहयोग गरेका    थिए ।
    विद्यालयका प्रधानाध्यापक हिमादेवी शर्माले क्लवको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा शिक्षण सेवा प्रभावकारी बन्ने बताएकी थिइन् । कार्यक्रममा क्लवका संस्थापक सल्लाहकार कमलनाथ पोखरेलले पनि मन्तव्य राखेका थिए ।
कार्यक्रम संयोजक विक्रम केसीको स्वागत रहेको कार्यक्रममा क्ल्वका संस्थापक अध्यक्ष विक्रम केसीले धन्यवाद मन्तव्य राखेका थिए । क्ल्वका सचिग गोकुल चापगाईंको स्वागत रहेको कार्यक्रममा क्लवका पदाधिकारी, विद्यार्थी, शिक्षक, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।
    गाविसकै एकमात्र उक्त विद्यालयमा खेलमैदान, फर्निचर तथा भौतिक पुर्वाधार विकासको अभाव रहेको छ । तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त विद्यालय गाजा युवा क्लवको सहयोगमा जिल्ला शिक्षा कार्यालय बाग्लुङ्गले २०४५ सालमा स्थापना भएको हो । ब्राह्मण बस्तीमा रहेको विद्यालयमा हाल २ जना स्थायी १ जना दरबन्दी र २ जना निजी शिक्षकले अध्यापन गराउँदै आएका छन् । विशन क्षेत्रीबाट


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो