2026-09-19 04:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

विस्थापित वादी अझै स्थापित हुन सकेनन्

मङ्सिर ३, जाजरकोट । द्वन्द्वकालमा सुरक्षाको कारण विसं २०५६ तिर विस्थापित भएका यहाँका वादी समुदायलाई स्थापित गर्न माग गरिएको छ । 

वादी अधिकारकर्मीको पहलमा जिल्ला प्रशासन कार्यालयमा विहिबार ज्ञापनपत्र बुझाउँदै देशबाहिर विस्थापित भएका ६० घरभन्दा बढी वादी परिवारलाई स्वदेश फर्काउन माग गरिएको हो । 

जाजरकोट तथा रुकुमका विभिन्न ठाउँबाट ६० घरभन्दा बढी वादी परिवार सुरक्षा नपाएको भन्दै जीवन बचाउन भारत विस्थापित भएका थिए । आफ्नो स्थायी बसोबास नभएका वादी समुदाय माछा मारेर दैनिक जीविका सञ्चालन गर्दै आएका थिए । द्वन्द्वकालमा माछा मारेर दैनिकी टार्ने वादी सुरक्षाको प्रत्याभूति नभएको भन्दै भारतका विभिन्न ठाउँमा गएर मजदुरी गरी परिवार पालेर बसेको वादी अधिकारीकर्मी मधु वादीले जानकारी दिनुभयो । 

नेपालमा शान्ति प्रक्रिया सुरु भई देशमा नयाँ संविधान आउँदासम्म विस्थापित वादी आफ्नो थातथलोमा नफर्केपछि उनीहरुलाई फर्काउन पहल गर्न थालिएको मधुले जानकारी दिनुभयो । 

विस्थापित हुनुअघि पिपे, रिम्ना, दल्ली, कालीमटी, दशेरा, राडी लगायतका ठाउँमा वादी बस्दै आएका थिए । वादी जातिका लागि सरकारले विभिन्न कार्यक्रम ल्याएर सहयोग गरिरहेको बेला विस्थापित वादी समुदाय पुख्र्यौैली ठाउँमा नहुनु दुःखद भएको नलगाड सरोकार समितिका अध्यक्ष गणेशप्रसाद सिंहले बताउनुभयो । 

नलगाड नदीको किनारमा माछा मारेर जीविका चलाउँदै आएका वादी नहुँदा यस क्षेत्रमा मादल बनाउने मानिसको अभाव भएको सिंहको भनाइ छ । 

विस्थापितलाई घर फर्काउनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन र सहयोग गरिदिन सबै सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराइएको मधुले बताउनुभयो । नेपालमा शान्ति भएकाले आफूहरु नेपाल आउन तयार भएको तर आफूसँग आउन रकम नभएको वादी समुदायले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई