Skip to content
Friday, July 17, 2026 Nepali Online Media

परम्परागत स्थानीय सामग्री लोप हुँदै

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २, पाल्पा । आधुनिक प्रविधिको प्रयोग र विकासले पाल्पाका स्थानीय सामग्री लोप हुँदै गएका छन् । गाउँघरमा काठबाट हातले बनाइएका विभिन्न मेसिन यतिबेला हराउँदै गएका छन् ।

उखु, अमिलो र तोरी पेल्ने परम्परागत कोल अहिले गाउँबाटै लोप भइसकेको छ ।

यसले गाउँको पहिचान नै मेटिँदै गएकोमा बुढापाकाले चिन्ता व्यक्त गरेका छन् । धान कुट्ने ढिकी, ओखल, मकै पिस्ने जाँतो पनि यहाँबाट लोप भइसकेको छ । ढिकी, जाँतोको ठाउँमा आधुनिक मेसिन गाउँगाउँमा भित्रन थालेपछि स्थानीय सामग्री लोप भएका हुन् । पानीबाट चल्ने पानीमिल अर्थात् पानीघट्ट पनि विस्थापित भइसकेको छ ।

करिब दुई दशकअगाडि सम्म चलनचल्तीमा आएका यी घरेलु सामग्री अहिले गाउँमा देख्न मुस्किल परेको छ । आधुनिक मेसिनको बढ्दो प्रयोग र विकासले गर्दा यी सामग्रीको प्रयोग र संरक्षणमा प्रयोगकर्ताले बिस्तारै कम गर्दै जाँदा अहिले ग्रामीण पहिचान नै मेटिएको स्थानीयवासी देवराज अर्यालले बताउनुभयो ।

कालीगण्डकीबेँसीकै रामपुर नगरपालिका–६ को बडवानमा रहेको एक मात्र पानीघट्ट मिल आधुनिक मिलको प्रयोग बढ्दै जाँदा अहिले बेवारिसे अवस्थामा छ । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका जनतालाई लामो समयसम्म सेवा दिँदै आएको यो पानीघट्ट विगत एक दशकयता बन्द अवस्थामा छ । यस्ता कैयौँ ग्रामीण पहिचानका रुपमा प्रयोगमा आएका सामग्री हराउँदै जाँदा पछिल्लो समय स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्कअनुसार ६० गाविस र दुई नगरपालिकामा दुई सयभन्दा बढी धान कुट्ने मिल दर्ता भएका छन् । समयसापेक्ष बढ्दो आधुनिकताले परम्परागत रुपमा प्रयोगमा आएका ढिकी, जाँतो लोप हुन पुगेका हुन् । रासस