2026-09-19 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाका स्वास्थ्य संस्थामा औषधिको अभाव

मङ्सिर ३, पाल्पा । पाल्पा जिल्लाका सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव हुन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालयले औषधि खरिद प्रक्रियामा ढिलाइ गर्दा औषधिको अभाव हुन गएको हो । 

जिल्लाका सरकारी स्वास्थ्य संस्था औषधिको अभावले स्वास्थ्य जाँच गरेर बिरामी निजी क्लिनिक धाउनुपर्ने बाध्यता रहेको छ । यस आवको भदौदेखि औषधिको अभाव देखिए पनि जिल्ला स्वास्थ्य कार्यालयले औषधिसहितका आधारभूत सामान स्वास्थ्य संस्थामा नपठाएको गुनासो छ । निःशुल्क औषधि पाइने भनेर प्रचार गरेपनि स्वास्थ्य संस्थामा औषधि नै प्राप्त नभएकाले बिरामीलाई अहिले जाँच गरी औषधिका लागि अन्यत्र पठाउन बाध्य भएको स्वास्थ्यकर्मी बताउँछन् । 

जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाले यस आवमा प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण कार्यक्रकमअन्तर्गत अत्यावश्यक औषधि तथा सर्जिकल सामान खरिद गर्नका लागि टेन्डर प्रक्रिया बढिसकेको सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो । 

टेन्डर प्रक्रियाबाट औषधि आपूर्ति हुन अझै तीन महिना जति समय लाग्ने हुँदा सो अवधिमा स्वास्थ्य संस्था व्यवस्थापन तथा सञ्चालक समितिको बैठकबाट पारित गराई अत्यावश्यक औषधि प्रचलित ऐनकानुनको परिधिभित्र रही व्यवस्थापन गरी सेवा सञ्चालन गर्न स्वास्थ्य संस्थाले सक्ने ज्ञवालीले जानकारी दिनुभयो । 

स्वास्थ्य संस्थालाई अत्यावश्यक सामान खरिदका लागि रु २० हजार देखि २५ हजारसम्म बजेट पठाएको जनाएपनि स्वास्थ्य संस्थाले औषधि खरिद गरी प्रभावकारी सेवा प्रदान गर्न सकेका छैनन् । 

सरकारी स्वास्थ्य संस्थामा अहिले औषधि अभाव हुन थालेसँगै बिरामीको चापसमेत घटेको छ । सरकारले निःशुल्क औषधि दिने भनेपनि सामान्य औषधिसमेत नभएपछि बिरामी सरकारी स्वास्थ्य संस्थामा धाउन छाड्दै गएका हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई