2026-06-19 08:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका एकसय अठासी बालबालिका संरक्षणविहीन

2016-11-18

मङ्सिर ३, रोल्पा । जिल्लामा बाबुआमा दुवै नभएका वा पारिवारिक संरक्षणविहीन अवस्थामा रहेका बालबालिका एकसय ८८ जना रहेको जिल्ला बालकल्याण समिति, रोल्पाले जनाएको छ । 

यसरी परिवारमा वयस्क व्यक्ति नभई बालबालिका मात्र रहेका ६ बालिका र चार बालक गरी १०, आफन्तको संरक्षणमा रहेका ८९ बालिका र ८७ बालक गरी एक सय ७६ र कपिलवस्तु चितवन, काठमाडौँ तथा बर्दिया जिल्लाका बालगृहमा रहँदै आएका बालिका आठ र बालक तीन गरी जम्मा ११ जनासहित गरी कुल एकसय ८८ जना बालबालिका संरक्षणविहीन अवस्थामा रहेको जिल्ला बालकल्याण समिति रोल्पाका बाल अधिकार अधिकृत गोकर्णप्रसाद पुनले जानकारी दिनुभयो । 

यी बालबालिकालाई जिल्ला बालकल्याण समिति, रोल्पामार्फत शैक्षिक सहयोग तथा आपत्कालीन सहयोग गरिएको भएपनि उनीहरुका लागि यो सहयोग पर्याप्त हुन नसकेको संरक्षणविहीन अवस्थामा रहेका बालबालिकाले बताएका छन् । पुनका अनुसार यी बालबालिकाले आफन्तको संरक्षणमा रहेका बालबालिकाले जस्तै आवश्यकताअनुसार उचित माया, ममता र शिक्षादीक्षा पाउन सकिरहेको अवस्था छैन । उहाँ भन्नुहुन्छ, “जिल्लामा कार्यालयको तथ्याङ्कमा उल्लेख भएभन्दा बढी जोखिम तथा पारिवारिक संरक्षणविहीन अवस्थामा रहेका बालबालिका हुन सक्छन् । 

उहाँले भन्नुभयो, “हामीले हामीकहाँ आउने निवेदन, गाविस तहमा गठन भएका गाउँ बाल संरक्षण समिति तथा हामीलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा जानकारी भएका बालबालिकाकोे तथ्याङ्क मात्र अद्यावधिक गर्दै आएका छौँ ।” जिल्लामा रहेका समग्र बालबालिकाको अवस्थाका बारेमा जानकारी लिनका लागि हाम्रो प्रयास मात्र पर्याप्त नहुने भएकाले छुट्टै आधारभूत सर्र्वेक्षण गर्न वा प्रत्येक गाविसले त्यस्ता बालबालिकाको तथ्याङ्क अद्यावधिक गर्नुपर्ने उहाँले बताउनुभयो । तर कार्यालयको तथ्याङ्कमा सडक बालबालिका र अभिभावकद्वारा अलपत्र पारी छोडिएका बालबालिका भने छैनन् । 

केन्द्रीय तथ्याङ्क विभाग, काठमाडौँको सन् २०११ को तथ्याङ्कअनुसार जिल्लामा कुल बालबालिकाको सङ्ख्या एक लाख १७ हजार ६ सय ७७ जना रहेको छ । जन्मदेखि चार वर्षसम्मका २८ हजार पाँच सय ३७, पाँचदेखि ९ वर्ष उमेर समूहका ३१ हजार नौ सय ९६, १० देखि १४ वर्ष उमेर समूहका ३२ हजार नौ सय ४० र १५ देखि १९ वर्ष उमेर समूहका २४ हजार दुई सय चारजना बालबालिका रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ