2026-09-18 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छ दशकपछि लालपुर्जा पाउँदा हर्षित

मङ्सिर ३, रुपन्देही । लामो समयदेखि बुटवलको मुख्य राजमार्गमा भोगचलन गर्दै आएका जग्गाधनीले लालपुर्जाको प्रमाणपत्र पाएपछि हर्षित भएका छन् । लामो समयदेखि जग्गाधनी प्रमाणपुर्जाको माग गर्दै आएकाहरुलाई मालपोत कार्यालय, बुटवलबाट पुर्जा वितरण गरिएको हो । 

चौँसट्ठी वर्षपछि बुटवलका १३५ जनाले भूमि भोगचलन गरेको जग्गाधनी प्रमाणपत्र प्राप्त गरेका हुन् । बुटवल बाहिरबाट यहाँ आई बसे पनि उनीहरुले जग्गाधनी प्रमाणपत्र पाएका थिएनन् । लामो समयपछि जग्गाको प्रमाणपत्र पाएपछि उनीहरु निकै हर्षित भएका हुन् । 

विसं २०५० देखि जग्गाधनी लालपुर्जाको प्रमाणपत्र माग गर्दै आएका जग्गाधनीले ६४ वर्षपछि हालै भूमिसुधार मन्त्री विक्रम पाण्डे र नेकपा (एमाले) रुपन्देही क्षेत्र नं ४ का सभासद् विष्णु पौडेलले संयुक्त रुपमा लालपुर्जा वितरण गर्नुभएको थियो । 

बहाल विटौली, कोदाले, आकडा जग्गा दर्ता समिति बुटवलका अध्यक्ष खेमप्रसाद लुइँटेलले जग्गाधनी लालपुर्जा प्राप्त गरेपछि भूमिसुधार मन्त्री विक्रम पाण्डे, पूर्व भूमिसुधार मन्त्री दलबहादुर राना र एमाले उपमहासचिव विष्णु पौडेलले गरेको सहयोगप्रति बधाई ज्ञापन गर्नुभयो । 

सरकारले १८४ जनालाई जग्गाधनी लालपुर्जा वितरण गर्ने निर्णय गरेको छ । बुटवल उपमहानगरपालिकाका वडा नं ६, ७ र ८ का बहलवाला विटौली, कोदालेले मात्र जग्गाधनी लालपुर्जा पाएका छन् भने बाँकी अन्यले पछि लालपुर्जा पाउने छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई