मङ्सिर ३, नवलपरासी । नवलपरासीमा आफ्नै दाजुहरुको हत्या अभियोगमा दोषी ठहर एक व्यक्ति १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी तम्सरिया ३ घरभई बेनिमणिप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, नवलपरासी । नवलपरासीमा आफ्नै दाजुहरुको हत्या अभियोगमा दोषी ठहर एक व्यक्ति १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी तम्सरिया ३ घरभई बेनिमणिप"/>
2026-09-19 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

आफ्नै दुई दाजुहरुको हत्या गरी फरार नवलपरासीका लालबहादुर १५ वर्षपछि पक्राउ

मङ्सिर ३, नवलपरासी । नवलपरासीमा आफ्नै दाजुहरुको हत्या अभियोगमा दोषी ठहर एक व्यक्ति १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी तम्सरिया ३ घरभई बेनिमणिपुर ७ चिसापानीका ५४ वर्षीय लालबहादुर कुमाल छन् ।

 विस २०५८ सालमा जग्गा विवादमा सानी आमाका ३ छोरा लालबहादुर कुमाल, डिलबहादुर र गंगातिर कुमालले आफ्नो ठुली आमाका बलबहादुर, धनबहादुर र मित्रबहादुरमाथि आक्रमण गरेका थिए । बलबहादुर र धनबहादुरको मृत्यु भएको थियो भने मित्रबहादुर घाइते भएका थिए ।

घटना पश्चात डिलबहादुर र गंगातिरलाई पक्राउ परेपनि लालबहादुर फरार थिए ।  आक्रमण गर्ने तीनै जनालाई जिल्ला अदालत नवलपरासीले कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित -२० वर्ष) जन्म कैदको फैसला गरेको थियो ।

लालबहादुर भने लामो समय भारतमा लुकेर बसेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पछिल्लो समय नवलपरासीकै बेनिमणिपुर ७ स्थित चिसापानीको डाडाँमा घर बनाएर बसेका थिए । फरार अपराधीहरुको खोलेर अनुसन्धान गर्न सुरु गरेपछि लालबहादुर पनि पक्राउ परेका इप्रका कावासोतीका प्रमुख डिएसपी राजेश थापाले बताए ।

उनले भने, सवारी साधन समेत सजिलै नजाने ठाउँमा एकान्तमा कसैले नथाहा पाउने गरी बसेका थिए तर हाम्रो टोलीले उनलाई पक्राउ गर्‍यौं ।’

पक्राउ परेका लालबहादुरलाई अदालतमा पेश गरी कारागार चलान गरिएको छ । फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान नै चलाएर केही महिनामानै ६ जना फरार अभियुक्तलाई पक्राउ गरिसकेको डीएसपी थापाले बताएका छन् । -अनलाइनखबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता