मङ्सिर ४, भक्तपुर । आज ‘विश्व चर्पी दिवस’। विश्वभर ‘शौचालय र काम’ नाराका साथ यस वर्ष नोभेम्बर १९(मङ्सिर४) मा ‘विश्व चर्पी दिवस’ मनाइँदैछ । 

विश्वमा दु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ४, भक्तपुर । आज ‘विश्व चर्पी दिवस’। विश्वभर ‘शौचालय र काम’ नाराका साथ यस वर्ष नोभेम्बर १९(मङ्सिर४) मा ‘विश्व चर्पी दिवस’ मनाइँदैछ । 

विश्वमा दु"/>

2026-06-17 05:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दर्भ विश्व चर्पी दिवसः सरकारी निकाय र सार्वजनिक शौचालय दुरवस्थामा

2016-11-19

मङ्सिर ४, भक्तपुर । आज ‘विश्व चर्पी दिवस’। विश्वभर ‘शौचालय र काम’ नाराका साथ यस वर्ष नोभेम्बर १९(मङ्सिर४) मा ‘विश्व चर्पी दिवस’ मनाइँदैछ । 

विश्वमा दुई अर्ब चालिस करोड मानिस शौचालयविहीन भएको बताइएको छ । दिगो विकासको लक्ष्य २०१५ मा सन् २०३० भित्र विश्वका हरेक स्थानमा हरेक मानिसमा शौचालयको पहुँच पु¥याउने लक्ष्य लिइएको छ । विश्व स्वास्थ्य सङ्गठन २०१५ को तथ्याङ्कानुसार विश्वभर १० जनामा एक जनाले खुलेआम दिसापिसाब गर्ने गरेको पाइएको छ । 

डब्लुएएस–एच वाच २०१६ का अनुसार तीन लाख १५ हजार बालबालिका प्रत्येक वर्ष शौचालयको अभावमा झाडाबान्ताको सिकार हुने गरेका छन् । 

नेपाल सरकारले सन् २०१७ भित्र सबै नेपालीका घर घरमा शौचालय निर्माण गरिसक्ने लक्ष्य लिएको छ । यसै अभियान अन्तर्गत जिल्ला जिल्लामा खुल्ला दिसामुक्त अभियान सञ्चालन भइरहेको छ । हालसम्म ३८ जिल्ला खुला दिसामुक्त घोषणा भइसकेको छ । भक्तपुरलाई विसं २०७१ कात्तिक ४ गते खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । 

जिल्लाको सबैभन्दा बढी सेवाग्राहीको चाप हुने सरकारी कार्यालय मालपोत, नापी, जिविस, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, प्रहरी कार्यालय र नगरपालिकाका कार्यालयमा शौचालयको उचित प्रबन्ध नहुँदा सेवाग्राहीले निक्कै सकस व्यहोर्न बाध्य हुनुपरेको छ । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरले खुला दिसामुक्त जिल्ला घोषणापछि पूर्ण सरसफाइ अभियान सञ्चालन गरे पनि जिल्लामा सार्वजनिक शौचालयको उचित प्रबन्ध गर्न सकेको छैन । घोषणापछि तीव्रगतिमा सञ्चालन हुनुपर्ने पूर्ण सरसफाइ अभियानले गति लिन नसक्दा जिल्लाको शौचालयको अवस्थामा सुधार आउन नसकेको हो । 

घोषणा भएको तीन वर्षमा जिल्लामा साबिकको कटुन्जे र ताथली गाविसमा एक एक र हालै अनन्तलिङ्गेश्वर नगरपालिकाको दधिकोटमा एउटा सार्वजनिक शौचालय निर्माण भएका छन । 

खुला दिसामुक्त क्षेत्र घोषणा भएको तीन वर्ष भइसक्दा पनि सरकारी निकायको शौचालयको उचित व्यवस्थापन गर्न नसकेको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइराला स्वीकार गर्नुहुन्छ । उहाँले अनुगमनलाई निरन्तरता दिन नसक्दा सरकारी निकायको शौचालयको अवस्थामा सुधार आउन नसकेको बताउनुभयो । 

उहाँले जिविसको शौचालयको अवस्था नाजुक भएको स्विकार्दै विशेष गरी ठाउँको अभावले गर्दा जिविसमा सेवाग्राहीलाई सुविधासम्पन्न शौचालय बनाउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सेवाग्राहीको त के कुरा गर्ने आफ्नै कर्मचारी समेत नाक खुम्चाएर हिँड्न बाध्य भएको देखेको छु ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ