कृष्ण कँडेल/मङ्सिर ४, बागलुङ । बुर्तिबाङ बजारको बढ्दो विद्युतको मागलाई सम्बोधन गर्ने उदेश्यले रिठाखोला लघु जलविद्युत आयोजना बुर्तिबाङ–७ बाट ४० किलोवाट विद्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/मङ्सिर ४, बागलुङ । बुर्तिबाङ बजारको बढ्दो विद्युतको मागलाई सम्बोधन गर्ने उदेश्यले रिठाखोला लघु जलविद्युत आयोजना बुर्तिबाङ–७ बाट ४० किलोवाट विद्य"/>

2026-09-18 07:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बुर्तिबाङमा ४० किलोवाट विद्युत विस्तार


कृष्ण कँडेल/मङ्सिर ४, बागलुङ । बुर्तिबाङ बजारको बढ्दो विद्युतको मागलाई सम्बोधन गर्ने उदेश्यले रिठाखोला लघु जलविद्युत आयोजना बुर्तिबाङ–७ बाट ४० किलोवाट विद्युत वुर्तिबाङमा विस्तार गरिएको छ । 

प्रसारणलाईनको सम्पुर्ण काम पुरा गरि शुक्रवार बुर्तिबाङमा एक कार्यक्रम नै गरेर विद्युत विस्तारको औपचारिक रुपमा उद्घाटन गरिएको छ । 

कार्यक्रममा बोल्दै बुर्तिबाङ गाविसका सचिव चण्डिराज पौडेलले शहरोन्मुख क्षेत्रमा जनसंख्याको चाप बढेसँगै विद्युतको माग बढ्नु स्वभाविक भएको भन्दै स्थानिय रुपमा भएका स–साना योजनालाई एकीकृत गरेर एकद्वार प्रणालीबाट वितरण गर्दा सजिलो हुने बताए । पौडेलले अहिले ल्यार्ईको ४० किलोवाटले पनि विद्युत चाप धान्न नसक्ने भन्दै राष्ट्रिय प्रसारण लाईन विस्तारका लागि पहल गर्नुपर्ने बताए । 

२०६७ सालमा उत्पादन गरिएको ८० किलोवाट क्षेमताको आयोजनाबाट उपभोक्तले प्रयोग गरेर बाँकी रहँदै आएको विद्युत बुर्तिबाङ बजारको मागलाई केहि भएपनि सम्बोधन गर्नका लागि विस्तार गरिएको विद्युत विस्तार कार्यसम्पादन समितिका संयोजक चिन्तामणी शर्माले जानकारी दिए । 

शर्माले विद्युत विस्तारको क्रममा आरसिजी लघुजलविद्युत सहकारीसँग विवाद सिर्जना भएको भन्दै असमझदारीका कुरा बसेर छलफल बाटै टुङ्गो लगाउनुपर्ने बताए ।  उनले स्थानिय समुदाय मिलेर यहाँको जलश्रोतलाई सदुपयोग गरि विद्युत उत्पादन गरेर आफ्नै स्रोतबाट उज्यालो बनाउन र आम्दानी समेत गर्नसकिने बताए । 

कार्यसम्पादन समितिका उपसंयोजक निलप्रसाद पुनले स्थानिय रुपमा भएका आयोजनाबाट उत्पादिन विद्युतले माग धान्न नसकेपछि रिठाखोला विस्तार गर्नुपरेको बताए

विद्युत विस्तार रोक्न माग गदै आससिजी जलविद्यूत सहकारी संस्था लिमिटेडका अध्यक्ष चित्र भण्डारीले आफुहरु विरुद्ध अदालतमा मुद्धा दर्ता गरेको भन्दै पुनले नपुग विजुली बाहिरबाट लिएर उपभोक्तालाई चलन चल्तीकै मुल्यमा वितरण गर्दा हामीले के अपराध गरेका छौँ र ? मुद्धा खेप्नुपर्ने हो ? भन्दै प्रश्न गरे । 

उनले सहकारीका अध्यक्ष भण्डारीले आवश्यक विद्यूत उपभोक्तालाई दिन नसकेको र भएको विद्युतमा पनि जडान चार्ज, नाम सरी, ठाउँ सरी जस्ता नियम विपरितका सुल्क लिने गरेको बतए । 

उपभोक्ताको हितका लागि काम गर्दा आफुले मुद्धा खेप्नुपरेको भन्दै जनताको पक्षमा सँधै लड्न तयार रहेको बताए ।

सहकारीका अध्यक्ष भण्डारीले आफ्नो विद्युत विस्तार क्षेत्रमा नियम विपरित रिठाखोलाको विद्युत ल्यार्ईको भन्दै उच्च अदालतको ईजलास बागलुङमा मुद्धा दर्ता गरेका छन् ।  

कार्यक्रममा नेपाली काँग्रशका मेषलाल शर्मा, नेकपा एमालेका केशर छन्त्याल, नेकपा माओवादी केन्द्रका चन्द्र अर्याल, नेकपा क्रान्तिकारी माओवादीका वीरबहादुर विश्वकर्मा, नेकपा माओवादीका हरि कुँवर, नेपाल पत्रकार महासंघ बागलुङका सदस्य लोकेन्द्र सुनार र उत्तरगंगामाविका प्रधानाध्यापक धनबहादुर कँुवरले स्थानिय रुपमा पहिले भएका विद्यूत आयोजनाले माग धान्न नसक्ने भन्दै विस्तार भएको विद्युतले उपभोक्तालाई केहि भएपछि राहत मिल्ने धारणा राखे  । उनिहरुले अहिले विस्तार गरिएको ४० किलोवाटले पनि दिर्घकालिन समाधन नदिने भन्दै केन्द्रिय प्रसारण लाईन विस्तारमा लाग्नुपर्ने बताए । 

माओवादी केन्द्रका नेता चन्द्र अर्यालले अहिलेको सरकारमा आफ्नो पार्टिको उर्जामन्त्री भएको भन्दै केन्द्रिय प्रसारण लाईन विस्तारका लागि स्थानिय रुपमा छलफल गरेर केन्द्रमा डेलिकेशन जानु परे आफु जना तयार रहेको बताए । 

उनले रिठाखोला विद्युत विस्तारमा माओवादी केन्द्रलाई विरोधिको रुपमा चित्रण गर्न खोजिएको भन्दै आपत्ति जनाए । ‘विद्युत विस्तार रोक्न माग गर्ने आरसिजी लघु जलविद्युत सहकारीका अध्यक्ष मेरो पाटिमा आस्था राख्ने भएकै आधारमा माओवादीलाई विद्युत विस्तर विरोधी भन्नु गलत हो ।’

उनले भने, आरसिजि विद्युत आयोजना माओवादी केन्द्रद्वारा सञ्चालित होईन ।’

कार्यक्रममा बोल्ने बक्ताहरुले बुर्तिबाङ बजारमाा व्यवहरिक रुपमा पहिलो पटक सामुदायिक विद्युत विस्तर भएको भन्दै खुसी व्यक्त गरेका छन् । उनिहरुले आरसिजी विद्युत सहकारी मार्फत अनुदान लिएर चलाएको भनिए पनि व्यवहारमा  सहकारी नियम अनुसार नचलेको गुनासो गरेका छन् । व्यक्तिको एकल जसरी चलेकै कारण विद्युत आयोजनाबाट उपोक्ता मारमा परेको सहभागीको भनाई थियो । 

रिठाखोला विद्युत अयोजनाका बुर्तिबाङ १८० उपभोक्ता रहको र उनिहरुबाट न्युनतम शुल्क १०० रुपौयँ तथा १० युटि भन्दा माथि प्रतियुटिन १० रुपौयाँका दरले शुल्क लिईने आयोजनाका अध्यक्ष गौरिश्वर पाण्डेले दिए । विद्युत गृहबाट प्रसारण लाईन विस्तर गरि बुर्तिबाङ सम्म ल्याउन २५ लाख खर्च भएको उनको भनाई छ । यो खर्च जुटाउन उपभोक्ताबाट ११ हजार उठार्ईको छ । 

तिन बर्षका लागि रिठाखोला लघुजलविद्युत आयोजनासँग करार सम्झौता गरि विद्युत विस्तर गरिएको कार्यसम्पादन समितिले जनाएको छ । 

कार्यक्रम अध्यक्ष पाण्डेको अध्यक्षता सदस्य शलिकराम शर्माको स्वागत र सचिव ज्ञानप्रसाद कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई