Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

प्रथम देवचुली महोत्सव सफल बन्दै, दर्शकको चापले १ दिन थप

२०७३, ४ मंसिर शनिबार ०६:१३

मंसिर ३, नवलपरासी ।  प्रथम देवचुली महोत्सव सफल समापनको उत्तराद्र्धमा पुगेको छ । कार्तिक २५ देखि मंसिर ५ गतेसम्म चल्ने महोत्सवमा कुनै दिन पनि दर्शकको कमीको महसुस भएको छैन । महोत्सवको नवौँ दिन २५ हजार मानिसले मेलाको अवलोकन गरेका छन् । महोत्सवले लिएको उदेश्य पूर्णरूपमा पूरा भएको मेला सफल बनाउन सहयोग गर्ने सबैलाई मू्ल समारोह समितिका संयोजक केबी रानाले हार्दिक धन्यवाद व्यक्त गरे । 


कला संस्कृति संरक्षण पर्यटनको आधार आर्थिक समृद्धिका लागि कृषि उद्योग तथा व्यापार भन्ने मूल नारासहित कावासोती खेल मैदानमा महोत्सव जारी छ । मेलामा १ सय ५० वटा स्टलहरू रहेका छन् । महोत्सवको नवौँ दिन शिक्षा विशेष कार्यक्रम सुरू भएको छ । शिक्षा समितिको आयोजना शुक्रबार विद्यार्थीको ¥यालीसँगै चित्रकला, नृत्य र वक्तृत्वकला आयोजना गरिएको छ । प्रतियोगितामा जिल्लाका ३ दर्जन विद्यालयले सहभागीता जनाएको शिक्षा उप समितिका सदस्य सचिव तीर्थ कँडेलले जानकारी दिए । 


नवलपरासी जिल्लामा लामो समयदेखि विभिन्न संघ संस्थाहरूले मेला महोत्सवहरू आयोजना गर्दै आएका छन् । कुनै सफल भए, केहि असफल पनि । धेरै जसो महोत्सवमा दर्शकहरूको निकै कमी देखियो । नवलपरासीको कावासोतीमा आयोजना गरिएको प्रथम देवचुली महोत्सव कसरी चल्छ र भन्ने बहस महोत्सव सुरू भएदेखि चलेको थियो । त्यो बहस महोत्सवको उत्तरार्धमा पनि जारी छ । 


महोत्सवमा आउने सबैले दर्शकहरूको सहभागीता देखेर वाहा ! देवचुली महोत्सव भनिरहेका छन् । महोत्सवमा विहानैदेखि बेलुकासम्म प्रवेशद्धारमा दर्शकहरू भीड देखिन्थ्यो । स्टलहरूमा निरन्तर भीडभाड चलिरहेको छ । 

देवचुली टेलिभिजनले आफ्नो आठौँ बार्षिक उत्सव ११ दिने महोत्सव गरी धुमधामसँग मनाइएको छ । महोत्सव सकिनै लाग्दा पनि प्रदर्शनी स्थलमा देखिएको जनलहरले आयोजक मात्र हैन, महोत्सवमा रहेका व्यापारीसमेत उत्साहित बनेका छन् । टेलिभिजनले आयोजना गरेको महोत्सव के सफल होला ? के दर्शकहरूले साथ देलान यस्तै बहसको बीच देवचुली महोत्सव पूर्ण सफल बनेको छ । 



महोत्सव मंसिर ४ गतेसम्म संचालन गर्ने बताईए पनि दर्शकको उर्लिदो सहभागीताले मंसिर ५ गते देवचुली महोत्सवको भब्य समारोहका बीच समापन गर्ने कार्यक्रम रहेको मूल समारोह समितिका संयोजक केबी रानाले बताए । 


महोत्सव सफल बनाउन विभिन्न व्यक्ति र संघ संस्थाले उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । सबैको सहयोग र मिहेनतले देवचुली महोत्सव यसअघि जिल्लाका विभिन्न स्थानहरुमा भएका महोत्सवको तुलनामा कैयौ गुणा सफल बनेको छ । महोत्सव सफल बनाउन गठन गरिएका विभिन्न उपसमितिले उत्तिकै योगदान रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ