2026-06-17 04:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाको दुर्गम गाउँमा बिजुली बल्यो

2016-11-20

मङ्सिर ५, पाल्पा । टुकीको ठाउँमा यतिबेला सबैका घर घरमा बिजुली बत्ती बलेपछि दुर्गम झडेवा केरौलीकी ८७ वर्षीया मनकुमारी बाह्रघरे दङ्ग हुनुहुन्छ । 

बिजुलीको लाइनमा राइसकुकरमा बुहारीले खाना पकाएको देख्दा त उहाँलाई सपना जस्तै लागेको बताउनुहुन्छ । बिजुली बत्ती बल्ने कल्पना पनि नगर्नुभएका ७६ वर्षीय रामबहादुर चौहानले बिजुलीको झिलीमिली उज्यालो देख्दा आफू बसेको गाउँ सहरमा बदलिएको जस्तो लागेको अनुभव सुनाउनुभयो । 

विद्युत् विस्तारका लागि पाँच वर्ष अगाडि काम थालनी गरे पनि झडेवाका स्थानीयवासीले लामो समयको प्रयासपछि बिजुली बाल्न सफल भएका छन् । जिविसको रु १५ लाख, स्थानीयवासीको श्रमदान र पहलमा बिजुली बत्ती बालिएको हो । 

चारवर्ष अगाडि नै गाउँमा पोल गाडेर तार टाँगेका स्थानीयवासीलाई विद्युत् प्राधिकरणले ट्रान्सफर्मर लाइन चार्ज नगरिदिँदा लामो समय लागेको स्थानीयवासी यमबहादुर रुचालको भनाइ छ । 

जिविसले विद्युतीकरणका लागि ठेक्कामार्फत उपलब्ध गराएको सामग्रीको गुणस्तरको नापजाँच नगरीकन प्राधिकरणले लाइन नदिने भनेपछि विद्युत् प्राधिकरण र जिविसबीच द्वन्द्व चर्किएकाले बिजुली बल्न ढिलाइ भएको हो । 

झडेवा गाविसमात्र नभई ठिमुरे, कोलडाँडा, दोभानका जनता विद्युतीकरण गरेको तीनवर्षसम्म बिजुली बाल्नबाट वञ्चित भएको चौहानले बताउनुभयो । बिजुली बत्ती बलेपछि घर घरमा रेडियो बजाउन, टेलिभिजन हेर्न, मोबाइल चार्ज गर्न, खाना पकाउन सजिलो भएकामा यहाँका स्थानीयवासी दङ्ग छन् । 

स्थानीयवासीको श्रमदानमा खानेपानी योजना निर्माण 

जिल्लाको दुर्गम भेगमा पर्ने गल्धा गाविसको ढुङ्गानाबेसीमा स्थानीयवासीको श्रमदानमा खानेपानी योजना निर्माण भएको छ । यहाँ स्थानीयवासीको लामो समयको प्रयासपछि खानेपानी योजना निर्माण भएको हो । 

उपभोक्ता घरधुरीबाट उठाइएको रु पाँच लाख २२ हजार ५००, जापानिज संस्था साइतामा युनेस्कोको रु चार लाख ५० हजार र उपभोक्ताको श्रमदान गरी जम्मा रु १३ लाख ८६ हजार ५१०को लागतमा सो योजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष बेदप्रसाद खण्डलुकले बताउनुभयो । यस योजनाबाट यहाँका १९० घरधुरी लाभान्वित भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ