2026-09-19 01:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

लैङ्गिक हिंसापीडित रोल्पाका सात महिलालाई राहत प्रदान

मङ्सिर ५, रोल्पा । महिला तथा बालबालिका कार्यालय रोल्पाले २०७०/७१ देखि हालसम्म जिल्लाका सातजना हिंसापीडित महिलालाई लैङ्गिक हिंसा निवारण राहत कोष प्रदान गरेको जनाएको छ । 

विशेष गरी श्रीमान्सँग सम्बन्धविच्छेद गरेका महिला जसले दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका छन् वा आयस्रोतको कुनै माध्यम नभएका महिलालाई मात्र यो कोषबाट रकम प्रदान गरिने महिला विकास अधिकृत लोकेन्द्रा आचार्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार हिंसापीडित महिला न्यायको खोजीमा गाउँबाट कार्यालयसम्म आउँदाजाँदा लाग्ने यातायात खर्च, हिंसामा परेकै कारण लाग्ने आवश्यक औषधि उपचार तथा आय आर्जनका लागि मात्र यस कोषको रकम खर्च गर्न सकिने प्रावधान रहेको छ । हालसम्म स्वास्थ्य उपचार र आय आर्जनका लागि कोषबाट सातजनालाई रु ६४ हजार १७० प्रदान गरिएको कार्यालयले जनाएको छ । 

यता हिंसापीडित महिलाका अनुसार आफूहरु घरेलु हिंसाको सिकार बनेका बेला न्याय माग्नका लागि सदरमुकाम आउन जान र एक छाक खानका लागि पनि ठूलो समस्या झेल्नुपर्ने भएको हुँदा यो रकमले केही राहत हुने भए पनि पर्याप्त नभएको बताएका छन् । 

जिल्लामा ठूलो सङ्ख्याका महिला घरेलु हिंसाको सिकार बनिरहेको अवस्था छ । बाल विवाह, बहुविवाह, श्रीमान्ले मदिरा सेवन गरेर कुटपिट गर्नु तथा महिलालाई परिवारबाट शारीरिक तथा मानसिक रुपमा यातना दिनु आदि कारणबाट महिला प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हिंसाको सिकार बनिरहेको अवस्था छ । 

आचार्यले भन्नुभयो – “केही समयअघि श्रीमान् र बहिनीको कुटाइबाट सख्त घाइते बनेकी थबाङ, रोल्पाकी सुनकुमारी नेपालीको औषधि उपचारका लागि बैठक बसेर हामीले सो कोषबाट रु ३० हजार नगद सहयोग गर्ने निर्णय गरेका थियौँ तर उहाँको दुःखद निधन भएपछि सो कोषको रकम कोषमै रह्यो उहाँले दुःख प्रकट गर्दै भन्नुभयो । 

कार्यालयको सो कोषमा हाल रु एक लाख पाँच हजार ३४० जम्मा रहेको आचार्यको भनाइ छ । जिल्लामा रहेका माथि उल्लिखित हिंसापीडित महिला कार्यालयको सम्पर्कमा आएमा राहतस्वरुप आवश्यकताअनुसार कोषको रकम प्रदान गर्न सकिने उहाँको बताउनु भयो । सो रकम महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट प्राप्त हुने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई