मंसिर ५ पर्वत । कम्प्युटर व्यवसायसँग सम्बन्धित व्यवसायी तथा व्यक्तिहरुको भेलाले कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) जिल्ला शाखा पर्वत गठन गरेको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ५ पर्वत । कम्प्युटर व्यवसायसँग सम्बन्धित व्यवसायी तथा व्यक्तिहरुको भेलाले कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) जिल्ला शाखा पर्वत गठन गरेको छ ।"/>
2026-07-09 01:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पौडेललको नेतृत्वमा क्यान गठन

2016-11-20

मंसिर ५ पर्वत । कम्प्युटर व्यवसायसँग सम्बन्धित व्यवसायी तथा व्यक्तिहरुको भेलाले कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) जिल्ला शाखा पर्वत गठन गरेको छ ।
कुश्मामा शनिवार क्यानका केन्द्रीय सदस्य जगन बहादुर गुरुङको रोहवरमा भएको भेलाले न्यू मनकामना कम्प्युटर ईन्टिच्यूट एण्ड मल्टि सर्भिसका संचालक राजु पौडेलको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरेको हो ।
नयाँ कार्यसमितिका सदस्यहरुमा  मिलन पौडेल, अच्युत पौडेल, भरत सापकोटा, पशुपति शर्मा कार्की, श्रीकृष्ण उपाध्याय, गोपीनाथ तिमिल्सिना, धिरज यादव, आशिष पौडेल, सरोज शर्मा   वैरागी, भगवान् पोखरेल, योगराज गिरी, विष्णु बर्मा क्षेत्री, सिजन शर्मा, अनिस पुन, निर्मल पौडेल, उत्तम के.सी., आलोक श्रेष्ठ, वैकुण्ठ गिरी, शिवप्रसाद शर्मा, साजन पौडेल र ढाकाराम सापकोटा रहेका छन् ।
 क्यानले छिट्टैनै मापदण्ड अनुसार नयाँ पर्वत जिल्ला भित्र सदस्यता वृद्धि गरी तीन महिना भित्र अधिवेशन सम्पन्न गर्ने जनाएको छ ।
कम्प्युटर एशोसिएसन अफ पर्वतका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा भएको भेलामा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्मा, क्यान कास्कीका सदस्य राजेन्द्र शर्मा, युवराज अधिकारी पत्रकार सुवास लामिछाने लगायतको उपस्थिति रहेको   थियो ।
    क्यानको नेतृत्व लिएका राजु पौडेलले जिल्लामा रहेका कम्प्यूटर व्यवसायीको हक हितको लागि आफुले सक्दो प्रयास गर्ने बताएका छन् । जिल्लामा कम्प्यूटर व्यवसायी संगठन नहुदाँ कम्प्यूटर व्यवसायी मर्कामा परेको भन्दै अब भने जिल्लामा क्यान गठन भएसँगै  कम्प्यूटर व्यवसायीहरु एक हुने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो