2026-09-19 01:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा बालबालिकालाई कपडा वितरण

मङ्सिर ६, रोल्पा । जिल्ला बाल कल्याण समिति रोल्पाले अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आइतबार जिल्लाका विभिन्न स्थानमा रहेका ३३ जना बालबालिकालाई जाडोको समयमा प्रयोग गर्नका लागि तातो कपडा वितरण गरेको छ । जिल्ला विकास समिति , महिला तथा बालबालिका कार्यालय, जिल्ला बाल कल्याण समिति, सेभ द चिल्ड्रेन तथा हुरेक रोल्पाको संयुक्त समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो । 

बालकल्याण उच्च माध्यमिक विद्यालय लिबाङमा अध्ययनरत सुस्तश्रवण भएका तथा दृष्टि विहीन २४ जना, जिल्ला कारागार कार्यालय रोल्पाको बन्दीगृहमा आमासँगै थुनामा रहेका चार जना तथा कृष्ण प्रावि धारापानी रोल्पाका पाँच जना सुस्तःमनस्थिति भएका बालबालिका गरी जम्मा ३३ जना बालबालिकालाई सम्बन्धित ठाउँमै पुगेर जुत्ता, मोजा, ट्रयाकसुट, टोपीलगायतका सामग्री वितरण गरिएको थियो । 

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले फरक क्षमता भएका बालबालिकाका लागि राज्यले विशेष ध्यान पु¥याउनु पर्नेमा विचार व्यक्त गर्नु भयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई