2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

बिराटनगरमा स्वास्थ्य परिक्षण गर्ने सस्था नै अवैध

मङ्सिर ६, बिराटनगर | स्वास्थ्य मन्त्रालयद्वारा गठित अमुगनम टोलीले विराटनगरका मेडिकल हल अनुगमनको क्रममा नियम विपरीत सञ्चालन भएका औषधि पसल, क्लिनिक र ल्यावहरुलाई बन्द गराएको छ ।

अनुगमनका क्रममा विराटनगरको नोबेल अस्पताल आसपासका सुनसरी मेडीकल हल र गौरव फार्मेसीका सञ्चालकले पसल नै बन्द गरेर भगेको अनुगमन टोलीले बताएको छ । त्यस्तै भान्जा फार्मेसीको संचालन अनुमति पत्र नरहेकाले बन्द गरिएको छ । कञ्चनबारी आसपासका औषधि पसलेहरुले पनि पसल बन्द गरेर भागेको बताइएको छछ । कञ्चनबारी चौकमा रहेको आयुर्वेद औषधालयको संचालन अनुमति पत्र नपाइएकाले सिलबन्दी गरिएको छ । 

टंकीसिनवारीमा रहेको सानु फार्मेसी तथा क्लिनक अनुमति बिना संचालन गरिएको पाइएकाले लाहा छाप लगाएर सिलबन्दी गरिएको छ ।भने  डाक्टर मिरा आचार्यको नाममा दर्ता गरिएको सरस्वती डेन्टल क्लिनिक अनुमति बिना संचालन गरेको पाइएकाले बन्द गरिएको अनुगमन टोलीले जनाएको छ । 

अवैध रुपमा खोलीएका औधषि पसललाई कानुन अनुसारको कारबाहि गर्नको लागी औषधि विभाग क्रियाशिल रहेको अनुगमन टोलीका शिवनारायण यादवले बताउनुभयो । यादवका अनुसार  स्वास्थ्य निर्दे्शिका विपरीत संचालित औषधि पसल, क्लिनक, ल्याव र अस्पताललाई बन्द गरी कडा कार्वाही गरिने बताउनुभयो । 

त्यस्तै कतिपय औषधि पसलमा प्रतिबन्धित औषधि पनि विक्रि भै रहेको कारण अनुगमनको कार्यलाई अझ प्रभावकारी बनाइने उहाँले बताउनुभयो । सर्वसाधरणको स्वास्थ्यमा हेल्च्क्याइ गरेको पाइएका ले आगामी दिनमा औषधि पसललाई नियमित अनुगमन गरिने समेत उहाँले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई