2026-09-18 11:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोट अस्पतालमा आधुनिक डेन्टल सेवा सुरु

मङ्सिर ६, जाजरकोट। जाजरकोट जिल्ला जनस्वास्थ्य कार्यालयले आधुनिक डेन्टल सेवा सुरु गरेको छ । 

दाँतसम्बन्धी सबैखालका समस्या समाधान हुने कार्यालयका निमित्त प्रमुख चाँदनी जैसवालले बताउनुभयो । सो सेवाका लागि आवश्यक आधुनिक उपकरण जुटाइएको छ । यसअघि कार्यालयमा सामान्य खालको दन्तसेवा मात्र उपलब्ध थियो । 

आज आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको दाँतको उपचारसंगै सेवा सञ्चालन गरिएको हो । डेन्टल सेवा सञ्चालन गर्न विद्युत् नियमित आवश्यक पर्ने भएकाले लोडसेडिङका कारण चौबीसै घन्टा सेवा सञ्चालन गर्न नसकिने निमित्त प्रमुख जैसवालले राससलाई बताउनुभयो । 

भिडियो एक्स–रे, अन्य उपकरण सञ्चालनका लागि अधिक विद्युत चाहिने हुँदा जेनेरेटरको प्रयोग बढी खर्चिलो हुने भएकाले समस्या पर्नेे उहाँको भनाइ छ । आजदेखि सञ्चालन भएको यो सेवा निरन्तरता दिन सके जिल्लावासीका लागि निकै ठूलो राहत हुने प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो । यो सेवा नहुँदा बिरामीले नेपालगन्ज र रुकुमको चौरहारी धाउनु पथ्र्यो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई