सन्तोषकुमार गुप्ता । मंसिर ६ दाङ । राप्ती आखाँ अस्पताल रक्षाचौरले ५ मिनेटमै आँखाका विरामीहरुलाई सेवा दिने भएको छ । अब देखि विरामीहरुले राप्ती आँखा अस्पतालमा घण्टौ लाइनमा वसेर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । मंसिर ६ दाङ । राप्ती आखाँ अस्पताल रक्षाचौरले ५ मिनेटमै आँखाका विरामीहरुलाई सेवा दिने भएको छ । अब देखि विरामीहरुले राप्ती आँखा अस्पतालमा घण्टौ लाइनमा वसेर"/>
2026-07-25 10:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको रक्षाचौर र देउखुरीको लमहीमा ‘पाँच मिनेटमै आँखाको उपचार’

सन्तोषकुमार गुप्ता । मंसिर ६ दाङ । राप्ती आखाँ अस्पताल रक्षाचौरले ५ मिनेटमै आँखाका विरामीहरुलाई सेवा दिने भएको छ । अब देखि विरामीहरुले राप्ती आँखा अस्पतालमा घण्टौ लाइनमा वसेर नाम लेखाउने र आँखाको चेक जाँच गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । त्यसका लागि अस्पताले दुर्त सेवा सञ्चालन गरेको छ । विरामीहरुलाई छिटो छरितो सेवा दिने र समयको सदुपयोगका लागि दुर्त सेवा सञ्चालन गरेको राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत शम्सेर थापाले जानकारी दिए ।

कामको व्यस्तता तथा विरामिको समयको पर्खाइलाई अन्त्यगर्दै राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा यो सेवा सुरु गरीएको उनले बताए । अप्रेसन वाहेक अन्य चेकजाँचहरु ५ देखि १० मिनेटमै सक्ने व्यवस्थाका साथ सेवा सुरु गरेको अधिकृत थापाले बताए । त्यसका लागि छुट्टै नाम लेखाउने र आँखा चेकजाँचको व्यवस्था गरिएको उनले जानकारी दिए ।

ओपिडीमा कुरेर राख्नुपर्ने वाध्यता अब समाप्त भएको थापाको दाबी छ । ‘विरामीहरुको मागलाई मध्यनजर गर्दै यो सेवा सुरु गरेका हौं, अब विरामी र अस्पताल दुवैलाई फाईदा पुग्ने छ ।’ अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत थापाले भने । उनले समयको माग र अस्पतालको सेवालाई प्रभावकारी बनाउन यस्तो सेवा सुरु गरेको बताए । तर, यस्तो द्रुत सेवा लिन चाहाने विरामीहरुले केही बढी शुल्क भने तिर्नुपर्ने उनले स्पष्ट पारे । अप्रेसन वाहेकका अन्य आँखाको चेकजाँचका लागि विरामीले दुई सय रुपैंया तिनुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए । त्यसका लागि अस्पतालले छुटै र अतिरिक्त जनशक्तिको व्यवस्थापन गरेको अस्पताका नेत्र सहायक शालिकराम गौतमले जानकारी दिए । अन्य सामान्य ओपिडीका विरामीका लागि हाल ५० रुपंैया नाम लेखाउने शुल्क अस्पतालले लिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक