2026-09-18 08:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

घरबाट पानी बोकेर विद्यालय जानुपर्ने बाध्यता

मङ्सिर ७, म्याग्दी । म्याग्दीको ओखरबोट गाविस–१, फूलबारीमा अवस्थित पुरुषोत्तम प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थी किताब कापीसँगै पिउने पानी समेत बोकेर विद्यालयमा आउन बाध्य छन् । 

गत साउनमा स्थानीय रितुङ खोलामा आएको बाढीले खानेपानीको पाइप बगाउनुका साथै खानेपानीका लागि बनाइएका संरचना भत्काइ दिएपछि ५० घर रहेको फूलबारीका सम्पूर्ण बासिन्दा र विद्यालयका विद्यार्थीलाई खानेपानीको सास्ती खेप्नुपरेको हो । 

छिमेकी गाविस निस्कोटबाट ल्याइएको खानेपानीको पाइप बगाएपछि पुनः मर्मत सम्भार तथा आपूर्तिमा समस्या भएको स्थानीय चूडामणि सापकोटाले बताउनुभयो । 

फूलबारीमा रहेका करिब ५० घरधुरी, स्थानीय पुरुषोत्तम प्राथमिक विद्यालयमा रहेका १०० विद्यार्थीलाई खानेपानीको समस्या भइरहेको छ । विद्यालयमा अध्ययरत विद्यार्थीले घरबाटै पानी लिएर विद्यालय जाने गरेका सापकोटाले बताउनुभयो । 

खानेपानी आपूर्तिमा सम्बन्धित निकायलाई पटकपटक जानकारी गराउँदा समेत सफल हुन नसकेका स्थानीयले खानेपानी अनावश्यकरुपमा प्रयोग नगर्न अनुरोध गर्दै गाउँ नजिकै रहेको मुहानबाट अस्थायी रुपमा आपूर्ति गरिरहेका छन् । 

खानेपानीको अभावका कारण दूषित पानीको प्रयोग समेत हुनसक्ने भएकाले उमालेर पिउन समेत विद्यार्थीमार्फत घरघरमा जानकारी पठाइएको छ । सानो कुवाबाट खानेपानीको प्रयोग गर्दै आइरहेको अवस्थामा जिविस, खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालयलगायतका सङ्घसंस्थालाई समेत पहल गरिएको छ । 

जिल्लाको निस्कोट, रुम, ओखरबोट गाविसका साथै बागलुङको तमान, लाम्मेला, ढोरपाटनलगायतका क्षेत्रमा जाने मार्ग समेत रहेको फूलबारीलाई व्यापारिक क्षेत्रको रुपमा समेत चिन्ने गरिन्छ । 

खानेपानीसँगै नदीले कटान गरेपछि त्रसित अवस्थामा रहेका स्थानीयले जिविस र भूसंरक्षण कार्यालयबाट सानो बजेट उपलब्ध गराइएकाले तटबन्ध निर्माणमा समेत समस्या भएको बताएका छन् । बाढीले गाउँका पाँच घरपरिवार विस्थापित भएका थिए भने फूलबारीका थप ४५ घरधुरी जोखिममा रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई