Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काँडा गाविसलाई छुट्टै गाउँपालिकाको माग राख्दै धर्ना

By kit 4 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सम्राट सिंह/मङ्सिर ७, बझाङ । बझाङ जिल्लाको विकट गाविस काँडालाई छुट्टै गाउँपालिकाको माग राख्दै काँडाबासीहरु धर्नामा बसेका छन ।

जिल्लाको आधाभन्दा बढी भूगोल ओगटेको काँडा गाविसलाई भूगोलको आधारमा छुट्टै गाउँपालिकाको माग राख्दै टाउकोमा काटो पट्टी बाँधेर जिविस प्राङगणमा धर्नामा बसेका हुन ।

आफुहरुले स्थानिय निकाय पुर्नसंरचना समिति र राजनितिक दलसँग  छुट्टै गाउँपालिका बनाउनु पर्ने पटक पटक लिखित मौखीक आग्रह गर्दा समेत सम्बन्धीत निकायहरुले आफुहरुको माग सम्बोधन नगरेकाले  काँडाबासीहरुले आन्दोलनका चरणहरु अगाडी सारेको काँडाका सुरेन्द्र बोहराले बताए ।

काँडा गाविस भौगोलिक हिसावले बझाङ जिल्लाकै सबैभन्दा बिकट गाविस भएकोले गाउँपालिका पुर्नसंरचना आयोगले पठाएको नयाँ खाका आफुहरुका लागी अमान्य भएको उनको भनाइ छ ।

आफुहरुका माग प्रति सम्बन्धीत पक्षले आनाकानी गरेमा जिल्ला स्थित सरकारी कार्यालयमा तालाबन्दी गर्ने, जिल्ला प्रशासन कार्यालय बझाङलाई आफुहरुले प्राप्त गरेको नेपाली नागरीताको प्रमाण पत्र फिर्ता बुझाउने लगायतका अन्य आन्दोलनका कार्यक्रम गर्ने काँडाबासीले जनाएको  छ ।

काँडा गाविसबासीको मागका लागी समितिको बैठक बसी छलफल भइरहेको स्थानिय पुर्नः संरचना समितिले जनाएको छ ।

तस्बिर: जिल्ला विकास समितिको प्राङगणमा टाउकोमा कालोपट्टी बाँधेर धर्नामा बसेका काँडाबासीहरु तस्बीर सम्राट सिंह बझाङ