मंसिर ८ पर्वत ।प्राकृतिक विपत्तिबाट कसरी जोगिने     भन्नेबारेपर्वतका केही विद्यालयका विद्यार्थी र शिक्षकसम्म सचेतना अभियान पुराइएको छ । यो अभियान लैजाने काम पर्वतमा क्रियाशील सामाजिक संस्था इम्प्रेड नेपालले गरेको हो ।
    विगत आठ महिना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ८ पर्वत ।प्राकृतिक विपत्तिबाट कसरी जोगिने     भन्नेबारेपर्वतका केही विद्यालयका विद्यार्थी र शिक्षकसम्म सचेतना अभियान पुराइएको छ । यो अभियान लैजाने काम पर्वतमा क्रियाशील सामाजिक संस्था इम्प्रेड नेपालले गरेको हो ।
    विगत आठ महिना"/>
2026-09-20 01:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्राकृतिक विपत्तिबाट सुरक्षित बन्न सचेतना अभियान

मंसिर ८ पर्वत ।प्राकृतिक विपत्तिबाट कसरी जोगिने     भन्नेबारेपर्वतका केही विद्यालयका विद्यार्थी र शिक्षकसम्म सचेतना अभियान पुराइएको छ । यो अभियान लैजाने काम पर्वतमा क्रियाशील सामाजिक संस्था इम्प्रेड नेपालले गरेको हो ।
    विगत आठ महिना देखि पर्वतका १० वटा सामुदायिक विद्यालयहरु पशुपति मावि राम्जा, नवजागृत मावि तिलाहार, तुलोदय मावि तिलाहार, आम्वारी मावि बर्राचौर, त्रिभुवन मावि शंकरपोखरी, राम मावि रानीपानी, नेपाल तारा मावि रानीपानी लगायतमा सचेतना अभियान संचालन गरिएको छ । संस्थाले खासगरी विनाशकारी भूकम्पबाट प्रभावित विद्यालयका विद्यार्थीहरुलाई सचेतना अभियानमा सहभागी गराएको कार्यक्रम संयोजक ऋषि पौडेलले जानकारी दिएका छन् । सचेतना अभियानले विद्यार्थीलाई भूकम्पपछि कसरी सुरक्षित हुने, विद्यालयबाट कसरी बाहिरिने, प्राथमिक उपचार विधि, सुरक्षित भौतिक संरचना निर्माण लगायतका विषयमा जानकारी दिएको छ । संस्थाले संचालन गरेको वृहत्तर विद्यालय सुरक्षा ढाँचाको कार्यान्वयन परियोजनाको कार्यावधि सकिएको छ ।
    परियोजनाको समाप्तिसँगै सचेतना अभियान संचालन भएको पशुपति मावि राम्जामा बहिरगमन योजना तथा सिकाई आदानप्रदान कार्यक्रमको आयोजना गरियो ।
     प्राकृतिक विपत्तिबाट सुरक्षित बन्न सचेतना अभियान कार्यक्रममा बोल्ने विद्यार्थीहरुले सचेतना अभियानबाट आफूहरुले भूकम्प जस्तो प्राकृतिक विपत्तिमा कसरी सुरक्षित हुनेबारे धेरै कुरा जानकारी भएको बताए । दश कक्षामा अध्ययनरत छात्रा सम्झना केसीले भनिन्(‘भूकम्पबाट कसरी बच्ने र प्राथमिक उपचार कसरी गर्ने भन्ने बारे धेरै सिक्ने अवसर मिल्यो ।
    यो सिकाईलाई समाजमा गई व्यवहारमा उतार्ने छु ।’ सिकाई कार्यक्रममा सहभागी शिक्षक राजु आचार्यले प्राकृतिक विपत्ति भूकम्पको मात्र नभई बाढी, पहिरो लगायतबारे समेत थप जानकारी दिने र अलि बढी प्रयोगात्मक शिक्षा दिन सकेको भए राम्रो हुने धारणा राखे । अभियानका लागि प्लान ईन्टरनेशनल, युरोपियन युनियन लगायत संस्थाको सहयोग छ । सचेतना अभियानबारे जानकारी लिन सहायक जिल्ला शिक्षा अधिकारी नेत्रनारायण सापकोटा, प्लान ईन्टरनेशनल क्षेत्रीय कार्यालय बाग्लुङ प्रम्ुख नितु आचार्य, इन्प्रेड नेपालका अध्यक्ष पुष्प पौडेल, कार्यकारी निर्देशक राजु पौडेल, जिविस सामाजिक परिचालन अधिकृत प्रकास लम्साल लगायत पत्रकारको टोली पशुपति मावि, नवजागृत माविमा पुगेको थियो भने अनुगमन टोलीमा सहभागी सदस्यहरु सिकाई आदानप्रदान कार्यक्रममा समेत सहभागी थिए । इन्प्रेड नेपालका कार्यक्रम संयोजक ऋषि पौडेलले परियोजनाबारे जानकारी गराएका थिए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो