८ मंसिर, पर्वत । जिल्लाको सबैभन्दा जेठो साहित्यिक संस्था पर्वत साहित्य सङ्गमले आफू मातहत स्थापना गरिएका विभिन्न पाँचवटा पुरस्कार घोषणा गरेको छ । नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा समग्र नेपाली बाङ्मयको उन्नयनमा उल्लेख्य योगदान पु¥याउने स्रष्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ८ मंसिर, पर्वत । जिल्लाको सबैभन्दा जेठो साहित्यिक संस्था पर्वत साहित्य सङ्गमले आफू मातहत स्थापना गरिएका विभिन्न पाँचवटा पुरस्कार घोषणा गरेको छ । नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा समग्र नेपाली बाङ्मयको उन्नयनमा उल्लेख्य योगदान पु¥याउने स्रष्"/>
2026-09-20 01:37 AM
पर्बत - PBT

पर्वत साहित्य सङ्गमका पाँच पुरस्कार घोषणा

८ मंसिर, पर्वत ।
जिल्लाको सबैभन्दा जेठो साहित्यिक संस्था पर्वत साहित्य सङ्गमले आफू मातहत स्थापना गरिएका विभिन्न पाँचवटा पुरस्कार घोषणा गरेको छ । नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा समग्र नेपाली बाङ्मयको उन्नयनमा उल्लेख्य योगदान पु¥याउने स्रष्टाहरुलाई प्रदान गर्ने गरी स्थापना गरिएका पुरस्कारहरु यो वर्ष २०७३ का लागि धौलागिरि अञ्चलमा जन्मे हुर्केर साहित्य तथा शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएका पाँचजना व्यक्तित्वलाई प्रदान गर्ने गरी निर्णय गरिएको छ ।


निर्णयअनुुसार बागलुङ जिल्ला नारायणस्थान गाविसका कवि तथा निबन्धकार भुपिन खड्कालाई ‘पर्वत साहित्य सङ्गम साहित्यिक पुरस्कार’ प्रदान गरिने भएको छ भने म्याग्दी जिल्ला बेनी नगरपालिकाका कवि एवम् साहित्यकार भक्त कार्कीलाई ‘मान–पदम साहित्यिक पुरस्कार’ प्रदान गरिने भएको छ । यसै गरी पर्वत जिल्ला लिमिठानाका कवयित्री एवम् साहित्यकार साधना प्रतिक्षालाई ‘डिल्ली–राधा साहित्यिक पुरस्कार’ प्रदान गरिने छ । यी तीनवटै पुरस्कारको राशी जनही १०÷१० हजार रुपैयाँ नगद, दोसल्ला र प्रशंसापत्र रहेको कुरा पर्वत साहित्य सङ्गमले जनाएको छ ।


घोषित अन्य पुरस्कारहरुमा ‘नमूना साहित्य तथा शिक्षा पुरस्कार’ पर्वत जिल्ला शंकरपोखरी गाविसका कृषिविज्ञ तथा साहित्यकार सदानन्द जैशी अभागीलाई र ‘संस्कृति बालप्रतिभा पुरस्कार’ पर्वत जिल्ला कुश्मा नगरपालिका, पाङका बाल–प्रतिभा अमन पौडेललाई प्रदान गरिने भएको छ । यी दुबै पुरस्कारको राशी जनही ५÷५ हजार रुपैयाँ नगद, दोसल्ला र प्रशंसापत्र रहेको छ ।
पर्वत साहित्य सङ्गमका अध्यक्ष राजेन्द्र पहाडीले दिएको जानकारीअनुसार पर्वत साहित्य सङ्गमको आन्तरिक श्रोतबाट रु. ५० हजार राशीको अक्षयकोष स्थापना गरी ‘पर्वत साहित्य सङ्गम साहित्यिक पुरस्कार’, संस्थाका निर्वतमान अध्यक्ष इन्द्रमान खत्रीले रु ५० हजार राशीको अक्षयकोष स्थापना गरी ‘मान–पदम साहित्यिक पुरस्कार’ र वर्तमान सचिव डीआर शर्माले रु. ५० हजार राशीको अक्षयकोष स्थापना गरी ‘डिल्ली–राधा साहित्यिक पुरस्कार’ स्थापना गरिएको हो ।

यसै गरी सदरमुकाम कुश्मामा रहेको नमूना आवासीय माध्यमिक विद्यालयले रु. २५ हजार राशीको अक्षयकोष स्थापना गरी ‘नमूना साहित्य तथा शिक्षा पुरस्कार’ र सङ्गमका सदस्य सुशिल थकाली ‘अनुरागी’ले रु. १० हजार राशीको अक्षयकोष राखी ‘संस्कृति बालप्रतिभा पुरस्कार’ स्थापना गरिएको हो । पाँचवटै पुरस्कारहरु २÷२ वर्षमा प्रदान गरिने गरी व्यवस्थापन गरिएको पर्वत साहित्य सङ्गमले जनाएको छ ।
इन्द्रमान खत्री संयोजक तथा सह–प्राध्यापक लक्ष्मीप्रसाद शर्मा र बरिष्ठ साहित्यकार इन्द्रकुमार विकल्प सदस्य रहेको पुरस्कार छनोट समितिको सिफारिसअनुसार प्राप्त भएका नामहरुलाई सङ्गमको कार्यसमितिबाट अनुमोदन गरी सार्वजनिक गरिएको र पुरस्कार समर्पण समारोह आगामी पौष ९ गते कुश्मामा आयोजना गरिने कुरा सङ्गमका सचिव डीआर शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो