२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

घरबासका लागि मुआब्जा होइन, जग्गा देउः आरक्ष विस्थापित

२०७३, ८ मंसिर बुधबार ०९:५१

मङ्सिर ८, भीमदत्तनगर । कञ्चनपुरस्थित शुक्लाफाँट वन्यजन्तु आरक्षबाट विस्थापित भएका स्थानीयवासीले मुआब्जा दिएर समस्या समाधान गर्नुभन्दा घरबासका लागि जग्गा नै उपलब्ध गराइदिन हुन माग गरेका छन् । 

आरक्ष विस्तारका क्रममा २०५८ सालमा विस्थापित बनेकालाई ‘शुक्लाफाँट वन्यजन्तु आरक्ष जग्गा अतिक्रमण र मुआब्जा गराउने सम्बन्धी कार्यदल’ ले विस्थापितलाई एक कठ्ठादेखि पाँच कठ्ठा जग्गा वा रु पाँच लाखसम्म मुआब्जा दिने प्रस्ताव ल्याएपछि विस्थापितले जग्गा नै माग गरेका हुन । 

केही दिनअघि कञ्चनपुर आएका पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासित पनि उनीहरुले जग्गा उपलब्ध गराइदिन माग गरेका थिए । विस्थापितहरुले जग्गाका साथै मुआब्जा रकम थोरै भएको प्रति असहमति जनाएका छन् । 

२०७१ सालमा गठित शुक्लाफाँट समस्या समाधान आयोगले विस्थापित दुई हजार ४७३ परिवारमध्ये एकहजार ४८० परिवारलाई खाली रहेको जग्गा वितरण गर्ने र जग्गा उपलब्ध हुने सम्भावना नभएका विस्थापितलाई आर्थिक राहत स्वरुप रु पाँच÷पाँच लाख दिने निर्णय गरेको थियो । 

सोही निर्णयबारे असहमति जनाउँदै आरक्ष विस्थापित, राजनीतिक दल र स्थानीयवासीले संयुक्त रुपमा कार्यदल संयोजक रहेका सुदूरपश्चिम क्षेत्रीय वन निर्देशक शिवकुमार वाग्ले समक्ष उक्त निर्णय मान्य नहुने बताएका छन् । 

आरक्ष पीडितका समस्या समाधानका लागि सरकारले पटक पटक आरक्ष पीडित समस्या समाधान आयोग गठन गरिसक्दा पनि आफूहरुको समस्या समाधान नभएको भन्दै पीडितले आक्रोश समेत पोखेका छन् । यसअघिको आयोगले आरक्ष विस्थापित दुई हजार ४७३ परिवारलाई परिचयपत्र वितरण गरेको थियो । राजनीतिक ढङ्गले बनेका आयोगले समस्या समाधानका साटो बल्झाउने काम गरेको भन्दै अन्ततः न्यायिक आयोगमार्फत समस्या समाधान गर्न खोजिएको हो । 

आरक्ष विस्थापित हीरा सार्कीले पीडितलाई जग्गा नै उपलब्ध गराउन सरकारसित माग गर्नुभयो । ‘जग्गाको बदला जग्गा नै चाहियो भनेर आन्दोलन गरेको डेढदशक बितिसक्यो,’ सार्कीले भन्नुभयो–“यतिका वर्षसम्म त्रिपालमुनी कष्टकर जीवन गुजा¥यौं ।” 

“यसअघि पनि रु आठ लाख प्रतिपरिवार दिने खालको कुरो आएको थियो, अहिले झन रु पाँच लाखको कुरो सुनिदैछ ।” आरक्ष विस्थापित शिवदत्त भट्टले भन्नुभयो–“हामी किसानी गरेर खाने अवस्थाका नागरिक हौं, हामीलाई जग्गा नै चाहिन्छ ।” लामो समयदेखि शिविरमा टहरा बनाएर बस्दै आएका विस्थापितले जग्गा दिएर समस्या समाधान गर्नुपर्ने माग गरेका छन् । 

आरक्ष विस्थापित लामो समयदेखि शुक्लाफाँट आरक्षको ढक्का, तारापुरलगायतका क्षेत्रमा टहरा बनाएर आश्रय लिँदै आएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ