१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

तमु सांस्कृतिक प्रतिष्ठानको १४ औँ वार्षिकोत्सव, बिभिन्न कार्यक्रम सहित सम्पन्न

१४ माघ २०७२, बिहीबार १०:०७

शिव न्यौपाने । माघ
१४, पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालको १४औँ वार्षिकोत्सवको अवसरमा हिजो पोखरामा स्रष्टालाई
सम्मान र गत वर्षको प्रवेशिका (एसएलसी) परीक्षामा तमु छात्रछात्रामध्ये सर्वोत्कृष्ट अङ्क ल्याउनेलाई
पुरस्कृत गरिएको छ ।

सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले
विभिन्न क्षेत्रमा रहेर उत्कृष्ट काम गर्ने तमु स्रष्टालाई नगद र सम्मानपत्र प्रदान गर्नुभयो । त्यस
अवसरमा १० हजार राशिको ‘पार्वता तमु स्मृति पुरस्कार’ प्रितम तमुलाई र २० हजार राशिको ‘धनबहादुर तमु
स्मृति पुरस्कार’ रत्नबहादुर तमुलाई प्रदान गरिएको थियो भने समाजसेवी नवीन तमुलाई सम्मानपत्र प्रदान
गरिएको थियो ।

त्यस्तै, १० हजार राशिको ‘उत्कृष्ट आमा अवार्ड’
डम्मरकुमारी तमुलाई प्रदान गरिएको थियो । आफ्ना छोरा कृष्ण तमुलाई सामुदायिक विद्यालयमा पढाएर पनि गत
वर्षको एसएलसी परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल भएकामा उत्कृष्ट आमा अवार्डबाट डम्मरकुमारीलाई
पुरस्कृत गरिएको बताइएको छ ।

गत वर्षको एसएलसी परीक्षामा तमु
छात्रछात्रामध्ये सर्वोत्कृष्ट अङ्क ल्याउने सामुदायिक र निजी विद्यालयका पाँच विद्यार्थीलाई स्वर्ण पदक
र नगद १५ हजार रुपैयाबाट पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा सामुदायिक विद्यालयतर्पm दीपक माध्यमिक
विद्यालय रिसिङ तनहुँका छात्र सागर गुरुङ र महेन्द्र मावि धादिङकी छात्रा मुना तमु हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध