2026-09-19 03:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

काँडाबासीको आन्दोलनले उग्ररुप लिँदै

सम्राट सिंह/मङ्सिर ८, बझाङ । छुट्टै गाउँपालिकाको माग राख्दै हिजोबाट सङघर्ष शुरु गरेका काँडाबासीको आन्दोलनले उग्ररुप लिन थालेको छ । 

आफुहरुले स्थानिय निकाय पुर्नसंरचना समिति र राजनितिक दलसँग छुट्टै गाउँपालिका बनाउनु पर्ने आग्रह गर्दा समेत सम्बन्धीत निकायहरुले आफुहरुको माग सम्बोधन नगरेकाले  काँडाबासीहरुले आन्दोलनका चरणहरु अगाडी सारेका हुन ।

जिल्लाको आधाभन्दा बढी भूगोल ओगटेको काँडा गाविसलाई भूगोलको आधारमा छुट्टै गाउँपालिकाको माग राख्दै काँडाबासीले पटक पटक स्थानिय पुर्नः संरचना समितिसँग माग गर्दै आएका छन ।

काँडा गाविस भौगोलिक हिसावले बझाङ जिल्लाकै सबैभन्दा बिकट गाविस भएकोले गाउँपालिका पुर्नसंरचना आयोगले पठाएको नयाँ खाका आफुहरुका लागी अमान्य भएको काँडाका मान बहादुर बोहोराले बताउनुभयो । 

आफुहरुका माग प्रति सम्बन्धीत पक्षले आनाकानी गरेमा जिल्ला स्थित सरकारी कार्यालयमा तालाबन्दी गर्ने, जिल्ला प्रशासन कार्यालय बझाङलाई आफुहरुले प्राप्त गरेको नेपाली नागरीताको प्रमाण पत्र फिर्ता बुझाउने लगायतका अन्य आन्दोलनका कार्यक्रम गर्ने उनको भनाइ छ । 

काँडा गाविसबासीको मागका लागी समितिको बैठक बसी छलफल भइरहेको स्थानिय पुर्नः संरचना समितिका अध्यक्ष स्थानिय विकास अधिकारी प्रमोद सिमखडाले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई