Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ मंसिर ०९ गते, राति २:३० बजे
बाग्लुङ्ग - BGL

नगरमा समावेश हुन देविस्थान आयोग जाने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कृष्ण कँडेल/मङ्सिर ९, बागलुङ । पुर्व सहमती अनुसार निसीखोला गाउँपालिकाको केन्द्र देविस्थानको वडा नम्बर–९ खाडु नभएपछि असन्तुष्टि जनाउँदै देविस्थानवासीले ढोरपाटन नगरपालिकामा राख्न माग गर्दै आएका छन् । 

जिल्ला प्राविधिक समिति बागलुङले निसीखोला गाउँपालिकाको केन्द्र बोहरागाउँको झिवाखोला राख्ने गरि स्थानिय निकाय संख्या तथा सिमाना निर्धारण आयोगलाई सिफारिस गरिसकेको छ । बुधवार भएको सर्वदलिय बैठकले देविस्थानलाई ढोरपाटन नगरपालिकामा राख्नका लागि दवाव दिन आयोगमै डेलिगेशन जाने निर्णय गरेको नेपाली काँग्रेश देविस्थानका सभापती ईन्द्र मल्लले जानकारी दिए । 

जिल्ला प्राविधिक सहयोग समितिको प्रश्तावप्रती गाविसवासी आक्रोसिशत बनेको र  आफुहरुलाई समेत मान्य नभएपछि सबैको राय सुझाब अनुसार निर्णय सच्याउन मंसिर १० गते आयोगमा दवाव दिन जाने मल्लको भनाई छ । बैठकले ढोरपाटन नगरमा राख्न पहल गर्नका लागि ईन्द्र मल्लकै संयोजककत्वमा १४ सदस्यीय डेलिगेशन तथा संघर्ष समिति गठन गरेको छ ।  माग पुरा नभए संघर्षका कार्यक्रम गर्ने संयोजक मल्लले बताए । 

बैठकमा नेपाली काँग्रेसका गाउँकार्यसमिति सभापती ईन्द्रबहादुर मल्ल, नेकपा एमालेका गाविस ईन्चार्ज छविलाल कुवँर, नेकपा माओबादि केन्द्रका ईन्चार्ज भरत पुन, राष्ट्रिय जनमोर्चाका प्रतिनीधि मुक्तबहादुर सिँह, राष्ट्रिय प्रजातन्त्र पार्टिका कृष्णबहादुर मल्ल, नेकपा माओबादिका ढालबहादुर कुँवर, दलीत अगुवा कुविर बिक, लगायतक सहमागी थिए ।